असाेज ९ अछाम
वर्ड भिजन ईन्टरनेसनल नेपाल ले देश भरि काम गर्ने साझेदार संस्थाबाट फिल्ड अफिस र राष्ट्रिय रुपमा सन २०१९मा उत्कृष्ट कार्य गर्ने देश भरिका ३० ओटा साझेदार Ngo मध्ये पश्चिम फिल्ड अफिस धनगढी र देश भरि राष्ट्रिय रुपमा सर्वोत्कृष्ट कार्य गर्ने मा वाक नेपाल सफल भएको छ ।
सुशासन, पारदर्शिता , समयमै काम सम्पन्न गर्ने, स्थानिय सरकार संगको सहकार्य र कामको गुणस्तररियता आदी लाई आधार मानेर मूल्याङ्कन गरिएको थियो , आज काठमाडौंको ललितपुर स्थिति ग्रीनविथ भिलेज होटलमा भएको उत्कृष्ट गैसस पुरस्कृत कार्याक्रम २०१९ को घोषणा गरिएको थियो ।
कार्यक्रम WVI nepal का राष्ट्रिय डाइरेक्टर जेनीस को अध्यक्षता, समाज कल्याण परिषद का उप निर्देशक दुर्गा भटराई प्रमुख अतिथि र विशिष्ट गैरसरकारी संस्था महासंघ का अध्यक्ष जित लामा लगायत वल्ड भिजन को टिम ३० ओटा साझेदार संस्थाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
भने उत्कृष्ट कार्य गरे वाफत पश्चिम फिल्ड अफिस धनगढी को पुरस्कार गैसस के अध्यक्ष को हात बाट र राष्ट्रिय उत्कृष्ट पुरस्कार वल्ड भिजन कन्टिरी डाइरेक्टर जेनीस को हात बाट अध्यक्ष मिन ब कुवँर ले ग्रहण गर्नु भएको थियो । पुरस्कार मा २ थान i5 ल्यापटप र 2 ओटा प्रमाण पत्र रहेको छ भने यसले संस्था लाई उत्कृष्ट काम गर्न का लाग थप जिम्मेवारी र हौसला प्रदान गरेको छ भने सहयोगी सबै लाई हार्दिक धन्यवाद अध्यक्ष मिन ब कुवँर ले दिनु भएको थियो ।