टेकराज भण्डारी, जेठ ३०, अछाम
नेपाल राष्ट्रिय शिक्षक संगठनको सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण तथा नेतृत्व विकास तालिम आजबाट शुरु भएको छ । संगठनका प्रदेश कमिटि अध्यक्ष नर बहादुर रावलको अध्यक्षतामा भएको तालिमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्मा रहनुभएको थियो ।

प्रमुख अतिथि शर्माले नेपाल राष्ट्रिय शिक्षक संगठनको सात वटै प्रदेशमा तालिम गरी शिक्षक संगठनको ईतिहास, उपलब्धि, अन्य संगठनसंगको सम्बन्ध, समसामयिक विषय, गुणस्तरीय शिक्षाका बारेमा प्रशिक्षित गराउने गराउने उद्देश्य अनुरुप तालिम भैरहेको जानकारी गराउनु भयो ।
अब गुणस्तरीय शिक्षाको विकल्प नरहेको भन्दै अध्यक्ष शर्माले गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयबाट नै विकास हुने बताउनु भयो । सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला, प्रदेश कमिटिका पदाधिकारी लगायतको सहभागिता रहने तालिमका बिशिष्ट अतिथि राष्ट्रिय सभा सदस्य तथा नेकपा अछामका अध्यक्ष शेर बहादुर कुँवरले शिक्षा सम्बन्धि नियम कानून बनाउँदा सबै सरोकारवालासंग छलफल गर्ने बताउनु भयो । सरकारले पनि शिक्षा क्षेत्रमा प्रभावकारी काम गर्नुपर्ने भन्दै एउटा कक्षा एक शिक्षक र विषय शिक्षक भएमा गुणस्तरीय शिक्षामा टेवा पुग्ने बताउनु भयो । नेपाल शिक्षक महासंघका उपाध्यक्ष तिलक कुँवरले शिक्षकका पेशागत हक हितका लागि महासंघ लागिरहेको बताउनु भयो । स्थानीय तहले शिक्षकलाई डराउने, धम्काउने, तर्साउने लगायतका कार्य गरिरहेको प्रति उहाँले आपत्ति जनाउनु भयो ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मण गिरीले पेशागत दक्षता र सांगठिक एकताले गुणस्तीय शिक्षामा सहयोग गर्ने बताउनु भयो । केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक तुला थापाले शिक्षकहरु प्रतिबद्ध, जुझारु र संगठीत हुनुपर्नेमा जोड दिनुभयो ।
नेपा(ल राष्ट्रिय शिक्षक संगठन अछामका अध्यक्ष जानकी बोहराले स्वागत गर्नुभएको कार्यक्रमको संचालन प्रदेश कमिटि सचिव खगेन्द्र प्रसाद धमालाले गर्नुभएको पत्रकार टेकराज भण्डारीले जानकारी दिनुभयो । यसैवीच हामीले नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश अध्यक्ष नर बहादुर रावललाई यो प्रशिक्षणबाट के फाईदा हुन्छ ? भनेर सोधेका छौँ ।
आवाज