कमला खत्री साउन २२ अछाम
पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानमा रुपान्तरण कक्षा सम्वन्धि अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । वाक नेपालको पावर परियोजना अन्र्तगत सञ्चालन भैरहेको रुपान्तरण कक्षामा भईरहेको सिकाई, किशोर किशोरी र बालवालिकाहरुमा भएको परिवर्तन र सरोकारवालाको बुझाईका विषयमा छलफल गरिएको हो ।

रेडियो कार्यक्रम रुपान्तरणका लागि रेडियो रामारोशनका होम साउद र बिक्रम परियारले रुपान्तरण कक्षाबारे सहभागी विद्यार्थि, साथि शिक्षक, अभिभावक र जनप्रतिनिधिसंग छलफल गरेका हुन । रुपान्तरण कक्षामा साविक कालिकास्थानका बिभिन्न टोलबाट ३० जना बालवालिकाहरुको सहभागिता रहेको र उनीहरुले सकारात्मक सोच विकास, जीवनउपयोगी सीप विकास, संस्कार, सभ्यता र सामाजिक कुरिती न्यूनिकरणको ज्ञान हासिल गर्ने गरेको बताएका थिए ।
उक्त अन्र्तक्रियामा पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानका कार्यवाहक वडा अध्यक्ष हरिकला बिष्टले रुपान्तरण कक्षाको निरन्तरताका लागि सहयोगी संस्था संग परामर्श गर्ने र नगर तथा वडाबाट पनि आफुले सक्दो पहल गर्ने बताँउनुभएको थियो ।
रुपान्तरण कक्षाका कारण बालवालिकाहरुमा ब्यावहार परिवर्तन भएका र सकारात्मक विकास भएको उहाँको भनाई थियो । अन्र्तक्रियामा साथि शिक्षक उर्मिला बिष्ट र छत्री बिकले रुपान्तरण कक्षाका विषयमा जानकारी गराँउनुभएको थियो ।
अन्र्तक्रिया कार्यक्रमका केही झलकहरु