अछाम १ असार
नेपाल कम्युनिष्ट पार्टी नेकपाको रामारोशन गाउँपालीकाको बैठक रामारोशनको मुजाबगरमा सम्पन्न भएको छ । जिल्ला कमिटी सदस्य उमाकान्त खनालको अध्यक्षतामा भएको बैठकले यहि असार ५ गते हुन गईरहेको पार्टीको बिशाल आमसभालाई सफल पार्नका लागि तयारीका लागि बिभिन्न उपसमिति गठन गरिएको छ ।

साथै तयारीका कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाँउने निर्णय पनि भएको छ । नेकपाका स्थायी कमिटि सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले सम्बोधन गर्ने उक्त कार्यक्रमको प्रचार प्रसारको लागी कार्यकर्ता परिचालन गर्ने, अन्य बिभिन्न माध्ययमबाट प्रचारप्रसार गर्ने लगायतका निर्णय गरीएको छ ।
बैठकमा नेकपाका प्रदेश कमिटी सदस्य तथा रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद भास्कर, प्रदेश कमिटी सदस्य दिपक साउद, गोबिन्द साउद
, जिल्ला सदस्यहरु चक्र रावल, पहल साउद, कम्मानसिंह साउद, रबिन्द्र साउद, मान बहादुर गीरी, सुशिल साउद खकेन्द्रमान सिंह, भरत भण्डारी, भरत साउद, ललीता बुढा, चक्र रावल, मिन बहादु परियार लगायतको उपस्थीति रहेको थियो ।