कमल रावल, असार १ मुम्बई
सँगठन एकता नै पहिलो प्राथमिकता: महासचिव रावल । कमल रावल, असार १ मुम्बई प्रबासि नेपाली सँघ भारतका महासचिव डम्बर रावलले राष्ट्र एकताको चाहाना भएकाले सँगठन एकजुट भएर अघि बढनु पर्ने बताउनु भएको छ ।
केन्द्र देखि जिल्ला सम्म पार्टिले पुर्णता पाईरहेकाले प्रबासको सँगठनले एकतालाई अगाडि बढिरहेको बताउनु भयो । प्रबासि नेपाली सँघ भारत महाराष्ट्र गुजरात सयुक्त राज्य समितिको ७ अौँ सचिवालय बैठकमा प्रमुख अतिथिको अाशनबाट बोल्दै रावलले प्रवासि सँघ र एकता मँन्चको सगठनलाई तत्काल एकता गरि नया सन्देश सबै माझ पुरयाउनु पर्ने बताउनु भयो ।
नया जोश जागर सहित सगठन चलायमान बनाउनु पर्ने भएकाले सबैले एकातामा जोड दिनु पर्ने भएकाले यहि कार्य दिशामा अगाडि बढनु पर्ने बताउनु भयो ।
अध्यक्ष कटक शाहीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य गिरिराज बेलबासे, टेक बहादुर रावल, राज्य सल्लाहकार थानेश्वर भट्टराई, रणविर कौशल लगाएतले सुझाव सहितको मन्तव्य राख्नु भएको थियो ।
सोही अवसरमा पत्रकार कमल रावललाई सँघको तर्फबाट स्वागत समेत गरिएको थियोे । सँघका सह कोषाध्यक्ष जनक खडका, सह कोषाध्यक्ष केशर रावल,सचिवालय सदस्य तथा महारास्ट्र महिला बिभाग प्रमुख राधा रावल सचिवालय सदस्य लगाएको सहभागीता रहेको थियो । कार्यक्रमको सन्चालन सचिव प्रेम ढुगानाले गर्नु भएको थियो ।
