असाढ ७ अछाम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पुर्ब उपप्रधानमन्त्री भिम बहादुर रावलले स्थानीय तहको पार्टी कमिटीले चाडै पुर्णता पाउने बताउनुभयो । चौरपाटी गाउँपालिकामा आयोजित आमसभामा बोल्दै नेता रावलले पार्टी केन्द्र,प्रदेश र जिल्ला कमिटीले पुर्णता पाईसकेकाले अब पार्टीको स्थानीय कमिटीले पुर्णता पाउने धारणा व्यक्त गर्नुभयो ।

नेता रावलले कम्युनिष्ट पार्टीले स्थापनाकालदेखी नै असमानताको विरुद्ध ,सिमानाको रक्षाको लागि आवाज उठाउदै आएको बताउनुभयो । आवाज चौरपाटी गाउँपालिकाको विकासको लागि आफुले पहिलेदेखि संसददेखी सरकारमा आवाज उठाउदै आएको बताउनुभयो ।
उहाँले चौरपाटी गाउँपालिकाम सडक पुर्बाधार संगै अन्य क्षेत्रको बिकासको लागि लागी पहल गर्दै आएको बताउनुभयो । बाईट नेता रावलले नेपाली काग्रेसको अलोकतान्त्रिक चरीत्रका कारण नेपाली जनताले काङ्ग्रेसलाई बढारेको बताउनुभयो ।
उहाँले नेपाली जनताले दुई तिहाई/बहुमतको सरकारको लागी जनमत दियपनि सदुपयोग गर्न नसक्दा नेपाली काग्रेसलाई जनताले किनारा लगाएको दाबी गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नेता राम बहादुर आउजिको अध्यक्षतामा भएको जनसभामा कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य शरद सिंह भण्डारी, रास्ट्रिय सभा सदस्य शेर बहादुर कुंवर,प्रदेस सभा सदस्य गोबिन्द कुवर,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदुरपश्चिम प्रदेस कमिटी सदस्य दिपक साउद,कृष्ण प्रसाद जैशी,केशर साउद,
मीन बहादुर कुंवर,गोबिन्द साउद,शंकर भण्डारी,पाटीसचिव झपट साउद, पुर्ब प्रदेश सदस्य बम बहादुर बिसि, लगाएतको बोल्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देब बहादुर साउदले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राम बहादुर थापाले गर्नुभएको थियो