२०७६ श्रावण १६ बिहीबार
अछाम जिल्लाका दुई वटा एनसेल टावरमा आगजनी भएको छ । पञ्चदेवल बिनायक नगरपालिका ३ थानीकोट र तुर्माखाँद गाउँपालिका ७ तितौडामा रहेका टावरमा आगजनी भएको हो । आगजनीका कारण दुबै ठाउँमा ४८ / ४८ वटा ब्याट्री, सोलार प्यानल, मोनिटर डिब्बा, तार र अन्य इन्जिन समेत जलेर ध्वस्त भएका छन् ।

आगलागिपछि पूर्वी अछामको पञ्चदेवल बिनायक र कमलबजार नगरपालिका तथा तुर्माखाँद र ढकारी गाउँपालिकाका सबै गाउँमा एनसेल मोबाइल सेवा बन्द भएको छ । आगलागि बारे कसैले आधिकारीक जिम्मा नलिए पनि विप्लव समूहले आगो लगाएको प्रहरीको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख जनकबहादुर शाहीका अनुसार विप्लव समूहले देशभर एनसेल टावरमा आगजनी गर्ने तयारी गरेको भन्दै प्राप्त पूर्व जानकारी अनुसार जिल्लाभरका सबै ठाउँका टावरमा सुरक्षाकर्मी खटाएको भएपनि त्यहाँबाट प्रहरीले ड्युटी छाडेपछि उनीहरुले आगजनी गरेका थिए ।
टावरमा आगो लगाउने विप्लव समूहका कार्यक्रताको खोजी भइरहेको उहाँले बताउनुभयो । गोप्य सूचनाका आधारमा सम्भावित ठाउँमा प्रहरी परिचालन गरिएको प्रहरीको भनाई छ ।
societysanchar.com bata