अछाम : सुआहाराले निकै राम्रो काम गरेको एक कार्यक्रममा सहभागिा सरोकारवालाले बताएका छन । पोषण भनेको केहो, यसले के काम गर्छ र मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावको बारेमा समुदायका नागरिकलाई जानकारी गराई पोषणको क्षेत्रमा उल्लेखनिय काम गरेको बताएका हुन ।
सेवक नेपालको सुआहारा कार्यक्रम अन्र्तगत जिल्लाका ९१ वटै वडाहरुमा कार्यक्रम संचालन गरि अहिले ग्रामीण क्षेत्रका नागरिकहरु पोषणका बारेमा धेरै जानकार हुनुका साथै स्थानीय उत्पादनमा समेत जोड दिन थालेका कार्यक्रममा सहभागि सरोकारवालाको भनाई थियो ।
जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको आशन बाट बोल्दै प्रतिनिधि सभा सदस्य पुस्प बहादुर शाहले पोषण अवस्थामा सुधार ल्याउनका लागि कृषिलाई पहिलो प्राथामिकता दिनुपर्ने बताउनुभएको छ ।
पोषण कृषि संग जोडिएको हुदा अब कृषिमा आधुनिकता र व्यवसायीकतामा जोड दिएमा जिल्लाको पोषण क्षेत्रमा देखिएका समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । अहिले जिल्लाका अधिकांश ठाउँमा खेतीयोग्य जमिन बाझैरहेकोमा चिन्ता व्यक्त गर्दै खेती योग्य जमिनलाई उर्वर भुमिका रूपमा परिणत गर्नुपर्ने र त्यसका लागि तीनवटै तहका सरकारले ऐक्यबद्धता जनाउनुपर्ने बताउनुभयो । जब सम्म हामी खाद्यान्नमा आत्मनिर्भर हुदैनौ तबसम्म पोषणाका क्षेत्रमा देखिएका समस्याहरू समाधान नहुने बताउनुभयो ।
सेवक नेपालको सुआहारा दोस्रो चरणको समिक्षा तथा अनुभव आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सांसद शाहले पोषण युक्त खानेकुराको अभावले थुप्रै समस्या देखिने भएकाले यसको आवश्यकता अझै देखिएको हुदा यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिदै निरन्तरताको लागि आफ्नो क्षेत्रबाट पहल कदमी रहने प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रममा बिशिस्ट अतिथिको आशनबाट बोल्दै प्रदेशसभा सदस्य मान बहादुर रावलले अछाम जिल्लामा पोषणका क्षेत्रमा सुआहाराले निकै राम्रो काम गरेकाले अब यसलाई निरन्तरता दिनुपर्नेमुमा जोड दिनुभएको छ ।
गैरसरकारी संस्थाले निश्चित समयअवधिमा मात्रै काम गर्ने भएकाले अब यसले पोषणका क्षेत्रमा गरेका राम्रा कामलाई निरन्तर दिएर कुपोषण घटाउने अभियानमा जुट्न सरोकारवालालाई सुझाव दिनुभएको छ ।
कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले अछाम जिल्लाको पोषण अवस्थामा सुधार ल्याउन सेवक नेपालको सुआहारा कार्यक्रमले प्रशंसनिय काम गरेको भन्दै प्रशंसा गर्नुभएको छ ।
पोषणका बारेमा अनविज्ञ जिल्लाका नागरिकलाई पोषणयुक्त खानेकुरा खाने बानीको विकास गर्न यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । आवाज पंचदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेले समुदायका हरेक नागरिकहरुमा सुआरा कार्यक्रमले परिवर्तन ल्याएको बताउनुभयो ।
यो कार्यक्रम लागु भएपछि ग्रामिण क्षेत्रका नागरिकहरु पोाषणा युक्त खानेकुरामा जोड दिनुका साथै स्थगानीय उत्पादनमा पनि जोड दिन थालेको भन्दै संस्थालाई धन्यवाद दिनुभएको छ । अब नागरिकहरुलाई अरुले दिएको खाने मात्रै नभई आफै उत्पादन गरेर खाने बानीको विकास गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद, कमलबजार नगरपालिका उप प्रमुख सारदा कुवँर, बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावल, मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्का, तुर्माखाद गाउँपालिका उपाध्यक्ष बीमला शाही लगायतले मन्तव्य राख्दै सुआराले गरेका कामहरुको प्रशंसा गर्दै आगामी दिनमा यो कार्यक्रमलाई निरन्तरता दिनका लागि पहल गर्नुपर्ने र आफ्नो क्षेत्रबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा सुआहाराले अछाम जिल्लाको पोषण तथा सरसफाईका क्षेत्रमा हाल सम्म गरेका गतिविधिको बारेमा जानकारी गराईएको थियो । कार्यक्रमको संचालन सुआहारा कार्यक्रमका सेत बहादुर भुलले गर्नुभएको थियो ।