बिद्यालयलाई नमुना बनाउने भन्दै एक साता बिद्यालय बन्द गरेर अछामको एक बिद्यालयका सबै शिक्षक भ्रमणमा निस्किएका छन ।
जिल्लाको मेल्लेख गाउँपालिका ७ नन्देगडास्थीत दुर्गादेवि माविका शिक्षकहरु १ हप्ता विद्यालय बन्द गरेर को भ्रमणमा निस्किएका हुन् । विद्यालय बन्द गरी शिक्षकहरु भ्रमणमा निस्केपछि बिद्यार्थिहरुको पढाई पुर्ण प्रभाबित भएको छ ।

विद्यालय पुर्णबन्द गरी शिक्षक भ्रमणमा पठाउने निर्णय बिद्यालय व्यवस्थापन समितिले गरेको बुझिएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा न ७ का वडा अध्यक्ष नर ब साउद समिति ले नै निर्णय गरेर नै बिद्यालय बन्द गरी शिक्षक भ्रमण पठाएको बताए ।
भ्रमणको खर्च समेत बिद्यालय नै व्यहार्ने उनले बताए । भ्रमणमा दुर्गादेवि मा वि का सबै शिक्षक कर्मचारी बाहेक सोहि वडा का जानकि निमावि ग्वालेकोट, मंगलासैनी नि मा वि दुपाल्त, पुरानाकोट पा्रवि, सरस्वती प्राविका प्र अ गरी १५जना रहेको बुझीएको छ । एक हप्ता बिद्यालय बन्द गरी भ्रमण सबै शिक्षक कर्मचारीभ्रमण मा जाने महत्वपुर्ण कुरा समेत गाउँपालिकाकालाई जानकारी नगराएको बुझीएको छ ।
गाउँपालिकाका अध्यक्ष लोक ब बोहोराले आफुलाई भ्रमणमा गईसकेपछि मात्रै सुनेको र यस बारेमा आफु बेखबर रहेको को बताए । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मण गिरीले बिद्यालय नै बन्द गरेर भ्रमणमा जानु शिक्षा निमावली विपरित हुने बताए । दुर्गादेवि माविका प्र अ कृष्ण ब विक ले नमुना बिद्यालयको भ्रमणबाट केही कुरा सिकेर आफ्नो बिद्यालयमा पनि लागु गर्न भ्रमण गएको बताए ।
उनले बुटवल रुपन्देहि चितवन लगायतका नमुना बिद्यालयको भ्रमण गरीने बताए । बिद्यालय नै बन्द गरी सबै कर्मचारी र शिक्षक भ्रमण मा निस्केपछि बिद्यार्थि र अभिभावक आक्रोशित बनेका छन्
बान्नीगढी टुडे बाट साभार गरीएको