टि. आर. भण्डारी
समाजबाद राजनैतिक प्रणालीको सुधारमुखी राज्यद्धारा नागरिकका आधारभुत आवश्यकताहरु जस्तै गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा आदी समान ढंगले वितरण गरिने र प्रत्याभुत गराईने राजनितिक तथा आर्थिक प्रणालीसमाजबादमा समाजका सबै वर्गका नागरिकहरुले उत्पादनका साधनहरुको समान प्रयोग, समान अधिकार र उपभोग गर्ने सुनिश्चितता रहेको हुन्छ ।

सन १८४८ मा कार्ल माक्स र फ्रेडरिक एङकेल्सले कम्युनिष्ट पार्टीको घोषण पत्रमा पहिलो पटक वैज्ञानिक समाजवादका बारेमा परिकल्पना गरी व्याख्या गरेका थिए । सन १८६७ मा प्रकाशित भएको र कार्ल माक्सले लेखेका पुँजी नामक पुस्तकमा समाजवादी अर्थव्यवस्थाका बारेमा उल्लेख गरेको पाईन्छ ।
कार्ल माक्सले परिकल्पना गरेको समाजबादलाई आधार मानेर नेपालको संविधान २०७२ को भाग १ को धारा ४ मा नेपाल एक समाजवाद उन्मुख राज्य हुनेछ भनि उल्लेख गरिएको छ । त्यसैलाई आधार मानेर कार्ल माक्सले परिकल्पना गरेको समाजबाद र नेपालको सन्र्दभमा देखिएका समाजवादी गतिविधिहरुबा बारेमा मैले अध्ययन गरेको जानेको कुराहरुलाई यो आलेख मार्फत जानकारी गराउने प्रयास गरेको छु ।
समाजवादी अर्थव्यवस्थाले उत्पादनका ४ मुख्य साधनहरु रहने परिकल्पना गरेको पाईन्छ । हाम्रा राजनेताहरुले व्याख्या गर्ने गरेको वैज्ञानिक समाजवादको अहिले विश्लेषण गर्न आवश्यक ठान्दैन । सामान्य तथा समाजवादका न्यूनतम आधारहरु आजको दिनसम्म आई पुग्दा त्यसको प्रभाव र असर अनि उपलब्धिहरुको विश्लेषण गर्न जरुरी छ ।
समाजबादी अर्थ व्यवस्थाको उत्पादनका मुख्य चार साधनहरु १ श्रम २ उद्यमशिलता ३ वस्तुगत पुँजी ४ प्राकृतिक संसाधनहरु रहेका छन । समाजवाद उन्मुख अर्थ व्यवस्थाले श्रमलाई प्रमुख महत्वको आधार ठानेको हुन्छ भने पुँजीवादी अर्थ व्यवस्थामा पुँजी लगानीकर्ताको महत्व हुन्छ ।
यसले के देखाउन्छ भन्दा हाम्रो समाज अहिले पनि यो पुँजीवादी अर्थ व्यवस्थाको घेरालाई तोड्न सकिरहेको छैन, संविधानमा समाजवाद उन्मुख भनिएता पनि राज्य संचालनको व्यवस्था समाजबादी बन्न सकेको छैन । समाजबादी अर्थ व्यवस्थाद्धारा संचालित राज्यमा मालिक र नोकरको सम्बन्ध हुदैन हरेक नागरिकले काम अनुसारको माम र दाम पाइने ग्यारेन्टि गरिएको हुन्छ ।
समाजबादी आर्थिक प्रणालीको आधारभुत विशेषता सहकारीको अर्थ व्यवस्थासँग मिलेको हुन्छ । सहकारीमा सबैभन्दा मालिक सदस्यहरु हुन्छ र शेयरका भागेदार हन्छन भने झै समाजवादमा नागरिक मालिक हुन्छन र राज्यको साधन स्रोतको शेयरका भागिदार हन्छन भन्ने कार्ल माक्सले आज भन्दा करिब १७१ वर्ष पहिले कल्पना गरेका थिए ।
समाजवादी राज्य व्यवस्थामा भेदभाव रहित राजनितिक तथा आर्थिक प्रणाली, समानता र न्याय पूर्ण राज्य संचालन प्रणाली, सहभागितामुलक र सहाकरीताको भावना समेटिएको व्यवस्था, नागरिक गरिव हुन नदिने राज्य व्यवस्था, उत्पादनका साधन स्रोतको समान वितरण, एक सबैको लागी र सबै एकको लागि काम गर्ने निति, व्याक्तिगत महत्वकांक्षालाई निषेध गरिएको व्यवस्था,
प्राकृतिक स्रोत साधनको समुचित उपयोग, राष्ट्रिय पुँजीको विकास, कम्जोरलाई न्याय र समानता, राज्यबाट आधारभुत कुराको सुनिश्चितता र नाफाखोरहरुको नियन्त्रण जस्ता कुराहरु सरकारले नागरिकहरुलाई बोध गराउने महसुस गराउने र हरेक क्षेत्रमा प्रयोग गर्नु पर्ने कुरा कल्पना गरिएको छ ।
कार्ल माक्सले कल्पना गरेको समाजबादी आर्थिक प्रणाली हाल संसारका अति कम देशहरुले लागु गरिरहेको उदाहरया सुन्न र पढ्न पाईन्छ । समाजबादी आर्थिक प्रणाली लागु भएका राष्ट्रहरु कसरी सफल भए भनेर विश्लेषण गर्दा व्यक्तिगत सम्पत्ति नियन्त्रण प्रणालीको विकास, पुँजीलाई महत्व नदिई श्रमलाई अधिकतम महत्व दिनु,जि उद्योग र कम्पनि निर्माणमा रोक र उद्योग तथा कम्पनि राष्ट्रियकरण जस्ता धेरै विषयहरु राज्य संचालनको प्रक्रियामा आवद्ध गरी नागरिकका न्यूनतम अधिकारहरु प्रदान गरी मानव अधिकारको प्रत्याभूति गरिनु पर्दछ ।
बैज्ञानिक समाजबादमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षहरुको व्याख्या र विश्लेषण गरेको पाइन्छ । पुँजीवादी नितिबाट नै बैज्ञानिक समाजवाद जन्मिने ऐतिहासिक भौतिकवादी मान्यता अगाडी सारे । अन्त्यमा माक्सबादी मान्यता अनुसार साम्यवादमा पुग्ने माध्यम नै बैज्ञानिक समाजबाद हो । बैज्ञानिक समाजबाद लामो र निरन्तर संर्घषको प्रक्रिया मार्फत रुपान्तरित उन्नत सामूहिक चेतनाको विकास पश्चात मात्र साम्यबाद सम्भव हुन्छ ।
परम्पराबादी सोच र मनोविज्ञानमा आधारित प्रतिगमन उत्पादन र विकासका आधारमा समाजबाद सम्भव छैन र स्थापना गर्न सकिदैन । नागरिकका मौलिक अधिकारमा मात्र राज्यले दायित्व लिनु मात्रै समाजवाद होइन । यो आम नागरिकको औषत मानविय चिन्तन, मनोविज्ञान, सोच र व्याक्तिगत स्वार्थबाट माथि उठेर उन्नत सामुहिक तथा मानविय अग्रगमन चेतनाबाट मात्र सम्भव हुन्छ ।
यसका लागि राज्यले सामुहिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको मानवीय विकास गर्न जरुरी हुन्छ अर्थात राज्यले स्वार्थमा आधारित भएर वितरणमुखी प्रक्रिया समाजवाद होइन र यसमा उन्नत चेतनाको विकास, व्यक्तिगत नभएर सामुहिक स्वार्थ, समान न्यायिक वितरण र उपयोगमा आधारित श्रम प्रतिको महत्व बढ्दै साम्यबाद अधिको सङक्रमयमकालीन सामाजिक आर्थिक व्यवस्था नै कार्ल माक्सले कल्पना गरेको वैज्ञानिक समाजबाद हो ।