पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकारको साझेदारीमा ग्रामिण क्षेत्रमा पनि गुणस्तरिय स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने उदाहरणका रुपमा न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल लिन सकिने बताउनु भएको छ ।
श्रोत र साधनको अभावका बिच पनि गुणस्तरिय तथा प्रभावकारी स्वास्थ्य सेवा दिन सकिन्छ भनेर न्याय हेल्थ नेपालले सम्भव बनाएर देखाएकोमा प्रशंसा व्यक्त गर्नुभएको छ ।

अछाम भम्रणका क्रममा आज अस्पताल पुगेका थापाले अछाम र यस क्षेत्र वरिपरीका जनतालाई निशुल्क रुपमा स्वास्थ्य सेवा दिएकोमा उच्च प्रशंसा गर्दै न्याय हेल्थको उपस्थितीले नेपालको स्वास्थ्य सेवालाई नयाँ ढंगले दिन सकिन्छ भन्ने अनुभुति समेत गराएको उल्लेख गर्नुभयो ।
प्रतिनिधी सभा सदस्य समेत रहेका पूर्व मन्त्री थापाले अब पहँच मात्रै नभई गुणस्तरिय तथा प्रभावकारी स्वास्थ्य सेवा मात्रै स्वास्थ्य सेवा भएको उल्लेख गर्दै न्याय हेल्थ नेपाललले उक्त कुरा साबित गरेको बताउनु भयो ।
बिश्वमा स्वास्थ्यको बिषयमा कुरा उठ्ने क्रममा नेपालका चर्चा हुदाँ न्याय हेल्थको नाम आउने गरेको भन्दै बिश्वलाई स्वास्थ्यमा नमुना बनाउनमा सहभागी भएको महसुस गराएको उहाँको भनाई थियो ।
अस्पताल भम्रणमा अछामका प्रतिनिधी सभा साँसद रामबहादुर बिष्ट, प्रदेश सभा सदस्य अम्बि थापा लगायतको सहभागिता रहेकोे थियो । अस्पतालको बारेमा थापालाई मेडिकल निर्देशक डाक्टर बिकास गौचनले जानकारी गराउनु भएको थियो ।