
साथै थापाले वर्तमान दुई तिहाइको कम्युनिस्ट सरकारले “सत्ता शक्ति र जनताको मत को दुरुपयोग गरि दुई तिहाई को दम्भमा बेथिति, भ्रष्टाचार, पक्षपात र अत्याचारको कुसंस्कार देशमा संचालन गरिरहेको बताउनु भएको छ । मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गरेकोले यो संविधानको मर्म र भावनाविपरीत ल्याइएको विधेयक फिर्ता लिन माग समेत गरेकाछन।
क्षेत्रिय सभापति लक्ष्मण शाहकाे सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वार, प्रतिनिधि सभा सदस्य राम बहादुर बिष्ट रहनु भएको थियो । कार्यक्रममा पुर्व सांसद अक्कल बहादुर बिष्ट ,पुर्व पाटी सभापति पुष्प बहादुर शाह,प्रदेश सभा सदस्य अम्बि थापा ,महासमिति सदस्य देबराज देबकोटा,बल बहादुर बिष्ट ,गणेश बहादुर बिष्ट ,अम्बिका चलाउने ,राजन कुवर,महाधिवेशन प्रतिनिधि सुरत बहादुर बिष्ट लगायतको उपस्थित रहेको थियोे ।कमलबजार नगरपालिका नगर प्रमुख ओम प्रकाश बिष्टको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन क्षेत्रिय सचिव टंक बहादुर धामीले गर्नु भएको थियो ।
Achham khabar bata sabhar