बिहीबार, ३० जेष्ठ, २०७६
काठमाडौं । नेपाली कांग्रेसले एक महिनासम्म देशव्यापी रुपमा सन्चालन गरेको पहिलो चरणको जागरण अभियानमा संविधान, संघीयता र लोकतन्त्रको रक्षा एवं सम्बद्र्धनको भूमिका निर्वाह गर्नुपर्ने सुझाव आएको बताइएको छ ।

बिहीबार केन्द्रीय कार्यालयमा सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले फेरि पनि नेपाली कांग्रेसले आफूलाई नवीन ढंगले अघि बढाउन सुझाब आएको बताएका हुन ।
अभियानका क्रममा सत्तारुढसहित अन्य दलहरुबाट कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या ३१ हजार ६सय ४२ रहेको कांग्रेसले जनाएको छ ।
शर्माले जागरण अभियानका क्रममा पार्टीलाई घरेलुजीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझाव प्राप्त भएको जानकारी दिए ।
शर्माले नेवि संघ, तरुण दललगायतका भातृ संगठनलाई पनि चाँडै पूर्णता दिने बताए ।
दोस्रो चरणअघि नै केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा विभिन्न तहमा प्रशिक्षण कार्यक्रम गरिने पनि उनले बताए ।
कांग्रेसको दोस्रो चरणको अभियान आगामी भदौ २४ गते सुरु भई असोज ७ सम्म चल्ने घोषणा गरिसकेको छ ।