नेपाल कम्यूनिष्ट पार्टी नेकपाका केन्द्रिय स्तरका नेता तथा प्रदेश स्तरका नेतालाई साँफेबगरमा स्वागत गरेको छ । नेकपा स्थायी कमिटी सदस्य भीम रावलको नेतृत्व सहितको टोली वाजुरा जाने क्रममा नेकपा अछामका नेता कार्यकर्ताले स्वागत गरेका हुन ।

टोलीमा स्थायी कमिटी सदस्य लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका सह–ईञ्चार्ज लक्ष्मणदत्त जोशी, प्रदेश अध्यक्ष कर्ण थापा, सुदुरपश्चिम प्रदेश आन्तिरक मामिला तथा कानुन मन्त्रि तथा नेकपाका केन्द्रिय सदस्य प्रकाश बहादुर शाह, सचिब नेपबहादुर चौधरी सहितको टोलीलाई वाजुरा जानेक्रममा साँफेबगरमा स्वागत गरिएको छ ।
स्वागत कार्यक्रममा नेकपाका सुदुरपश्चिम प्रदेश सदस्य तथा साँफेबगर नगर प्रमुख कुल बहादुर कुवँर, नेकपाका नेता प्रकाश शाह, शिलोज कुवँर,जंग विक, विर्मला बुडथापा, वालगिरी कुवँर लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा पदभार ग्रहण गराउनका लागी आउनु भएका नेताहरुले जेठ ३१ गते वाजुरा र ३२ गते अछामका जिल्ला कमिटीलाई पदभार ग्रहण गराउने नेकपा अछामले जनाएको छ ।