राजेन्द्र कुवँर
चौरपाटी गाउँ पालिका वडा नम्बर ६ दुनिलाइ आज अनिवार्य तथा आधारभुत शिक्षा घोषणा गरिएको छ । घोषणा कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले शैक्षिक क्षेत्रमा सुधार गर्नका लागि गाउँ पालिकाले आवश्यक पहल गर्ने बताउनु भयो ।

आगामी आर्थिक बर्ष देखि गाउँ पालिका भीत्र रहेका शैक्षिक संस्थालाई स्तर उन्नतिका साथै सबल बनाउनका लागि बिशेश कार्यक्रम सहित अगाडि बढ्ने बताउनु भयो । घोषणा सभामा नेकपा का नेता रामबहादुर आउजी नेपाली काग्रेश पार्टीका टेकबहादुर साउद देबिमाण्डौ मा बि का प्रधानाध्यापक झंकरबहादुर खड्का लगाएतले बोल्नु भएको थियोे ।
चौरपाटी गाउँ पालिका वडा नम्बर ६ दुनिका अध्यक्ष मने साउदको अध्यक्षतामा भएको घोषणा कार्यक्रमको सामाजिक परिचालक भन सिंह साउदले संचालन गरेको थियोे भने वडा सदस्य नरपता बि क ले स्वागत गर्नु भएको थियोे । चौरपाटी गाउँ पालिकाका ७ वटै वडालाइ आधारभुत तथा अनिवार्य शिक्षा घोषणा गरि सकिएको शिक्षा शाखा प्रमुख तक्षबहादुर शाहले बताउनु भयो ।
चौरपाटी गाउँ पालिका भित्र बिधालय भन्दा बाहिर रहेका २ सय २६ जना लाई भर्ना गरे पछि सात वटै वडालाइ आधारभुत तथा अनिवार्य शिक्षा घोषणा गरिएको हो भने आगामी दिनमा गाउँ पालिकालाइ घोषणा गर्न लागिएको बताएको छ ।