जेठ ३२, २०७६ शनिबार
दाङ – दाङमा सिमेन्ट उद्योगकाे नयाँ प्लान्ट निर्माणकाे क्रममा ढलाइ भत्कँदा तीन जना मजदुरकाे ज्यान गएकाे छ ।

लमही नगरपालिका वडा नम्बर ७ मा रहेकाे सम्राट सिमेन्ट उद्योगकाे नयाँ प्लान्ट निर्माणकाे क्रममा ६ तल्ला माथिकाे ढलान भत्किँदा भारतीय मजदुरकाे ज्यान गएकाे हाे । घटनामा परि तीन जना मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताउनुभयाे ।
मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव रहेका छन ।
घटनामा परि अजय हेरेन, दिपेन बाेडाेलइ, नरेन बाेडलइ घाइते भएका छन् । जसमध्ये अजय हेरेन र नरेन बाेडाेलाई थप उपचारको लागि बुटवल लगिएको छ । घाइतेहरुकाे फलाेरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियाे ।
घटना राति २ बजे भएको बुझिएको छ । घटनाकाे अनुसन्धान भैरहेकाे प्रहरीले बताएकाे छ