राजेन्द्र कवँर
चौरपाटी गाउँ पालिका वडा नम्बर ४ पायलको मदने टोलमा निर्माण भै रहेको खानेपानी योजनाको अनुगमन गरिएको छ । गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको नेतृत्वमा गएको टोलिले खानेपानी योजनामा निर्माण भएको ट्याकी र धाराको अनुगमन गरिएको हो ।

गाउँ पालिकामा निर्माण भएका योजनाको दिगोपन र गुणस्तर वृद्धिका लागि पछिल्लोपटक हरेक योजनाको अनुगमनले प्राथमिकता पाएको अध्यक्ष साउदले बताउनु भयो । अनुगमनका क्रममा देखिएका कमजोरीलाई तत्काल सुधार गरेर अगाडि बढनका लागि उपभोक्ता र सरोकारवाला गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले आग्रह गर्नु भयो ।
मदने टोलमा एक घर एक खानेपानी धारा निर्माण गर्ने योजना अन्तरगत ४७ वटा धारा निर्माणको अन्तिम चरणमा पुगेको गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताउनु भयो ।
मदनेको खानेपानी योजना अन्तरगत घरवारी करेशाबारी र चाङ्ग जुठेल्नु निर्माण गरेर सरसफाइ मदने टोल बनाउन लागिएको स्थानीयले बताएका छन । अनुगमनको टोलिमा गाउँ पालिकाका सूचना अधिकृत मुकेश कुवर प्रेस सल्लाहकार राजेन्द्र कुवर खानेपानी शाखाका प्रमुख रामराज रोक्का मगर रहेका थिए ।