राजेन्द्र कुवँर
ग्रामीण जलश्रोत ब्यबस्थापन तेश्रो चरण, चौरपाटी गाउपालिका र स्थानीय पुर्बाधार बिभाग बिच खानेपानी तथा सरसफाइ योजना कार्यन्वयनका लागि आज समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । ग्रामीण जलश्रोत ब्यबस्थापन परियोजना तेश्रो चरणले चौरपाटी गाउँ पालिकाको वडा नम्बर १ सिउडिमा खानेपानी तथा सरसफाइको क्षेत्रमा बिगत बर्ष देखि काम गर्दै आएको थियोे ।

आगामी बर्स देखि परियोजनाले चौरपाटी गाउँ पालिका वडा नम्बर ४ पायल र वडा नम्बर ७ मार्कुमा खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्न लागिएको छ ।
चौरपाटी गाउँ पालिकाको वडा नम्बर ४ पायलको कालिगाडी योजानाले करिब ६ सय घरधुरी र वडा नम्बर ७ मार्कुको करिब ३ सय घर धुरी लाभान्वित हुने रुडेक नेपालका टिकेन्द्र भण्डारीले बताउनु भयो ।
चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको अध्यक्षतामा भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा ग्रामीण जलश्रोत परियोजनाका बिज्ञ राजु तिरुवा र परियोजना सल्लाहकार कर्ण के शि ले परियोजनाका विविध बिसयमा जानकारी गराउनु भएको थियोे