कैलालीमा आगलागी हुँदा दर्जन बढि चौपाया जलेर मरेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ४ का स्थानीय चन्द्रवहादुर बोहराको कच्ची घरमा आगलागी हुँदा चौपाया मरेका हुन्।
बोहराका तीन भैसी, २ गोरु, ५ बाख्रा र तीन वटा गाई जलेर मरेका हुन्। घर पनि जलेर पूर्ण रुपमा क्षती भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गहुँको नल बाल्ने क्रममा आगलागी भएको हो।
