भारतमा काम गर्दै आएका अछामका केशव टमटासँग भागी विवाह गरी अछाम आइपुगेकी भारतको छतिसगढ राज्यअन्तर्गत कोबरा जिल्लाको किशोरीलाई फर्काउन भारतीय प्रहरी अछाम आई पुगेका छन् । भारतीय प्रहरी अफिसर अशोक पाण्डे (नेपाली असई सरह)को नेतृत्वमा सादा पोशाकमा रहेका ३ जना प्रहरीसहित ४ जनाको टोली अछाम आएका हुन् ।

स्थानीयका अनुसार टमटा केही वर्षदेखि छतिसगढमा काम गर्दै आएका थिए । भारतीय प्रहरी टोलीले किशोरीकी आमाले दिएको उजुरी पनि देखाएका न्यायिक समितिका संयोजकसमेत रहेका साउदले बताए । निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक कलेन्द्रबिक्रम शाहीले नेपालीसँग भागेर आएकी युवतीको खोजीका लागि भारतीय प्रहरी टोली जिल्लामा आइपुगेको जनाए ।
भारतीय प्रहरी टोली जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर जयगड गएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए । विवाहका लागि दुवैको उमेर नपुगेकाले किशोरीले चाहेमा भारतीय प्रहरीको जिम्मा लगाइने उनले बताए । सादा पोशाकमा रहेको भारतीय प्रहरी टोलीसँग हातहतियार भने नरहेको प्रहरी निरीक्षक शाहीले जनाए ।