शंकर थापा,असाढ ३,अछाम

आर्थिक अवस्था कमजोर भएकी बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ३ बर्दादेबीकी गंगा साउँद लाई बुढीगंगा होटलले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएकी गंगाको पढाई र खाद्येन्नको लागी सहयो पुगोस भन्दै सहयोग गरीएको हो ।
बुढीगंगाा होटलका सञ्चालक मिन बहादुर रानाले बिगत लामो समय देखी अछाम जिल्लाका बिकट बस्तीहरुमा शिक्षाको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था वाक नेपाल संग समन्वय गरेर उहाँले उक्त सहयोग रकम उपलव्ध गराउनुभएको हो ।
सरस्वती माद्यामिक विद्यालय जयगढमा कक्षा १० मा पढ्ने विद्यार्थि गंगा साउँद लाई सोमबार एक कार्यक्रमका बिच शैक्षिक वृति सहयोग अन्र्तगत नगद १० हजार रकम हस्तानतरण गरीएको हो । संञ्चालकले आफु पनि अनाथ,टुहुरा,असाय,बिपन्न परिवारका विद्यार्थिहरु लाई सहयोग गर्न ईच्छुक भएको भन्दै संस्था मार्फत समन्वय गरेर सहयोग गर्नुभएको हो ।
उहाँले आगामी दिनमा पनि आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नसक्ने विद्यार्थिहरु लाई सहयोग गर्न आफु ईच्छुक रहेको प्रक्रिया दिनुभएको छ । कुनै एक गैरसरकारी संस्थाले मात्र सहयोग गरेर मात्र नहुने भएकाले सबैले यस्ता वालवालीकाहरु लाई सहयोग गर्नुपर्ने सुझाब दिएका छन ।
दातृ निकायहरुले अबलम्बन गरेका राम्रा अभ्यासहरुलाई स्थानीय व्यपार व्यवसायीले पनि अनुसरण गरी सहयोगका लागि अग्रसर रहेको यो एक उदाहरणीयको रुपमा सञ्चालक मिन बहादुर रानाले काम गरेका छन ।
सञ्चालक मिन बहादुर रानाले गरेको यो काम एकदमै सह्रायिन भएकाले उहाँ बाट सबैले सिक्नु पर्ने हुन्छ । यसैगरी बिभिन्न गैरसरकारी संस्थाले स्थानिय तहमा रचनात्मक काम गरेका छन । यसको स्थानिय सरकारले पनि सिखो गर्न जरुरि देखीन्छ ।।