रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

राजमाकोे प्रश्न : बिनाअनुमति भारतीय प्रहरी कसरी अछाम पुग्न सफल भयो ?

नेपाली युवा पक्राउ गर्न तीन भारतीय सुरक्षाकर्मी अछाममा, भीम रावलले जनाए कडा आपत्ति
219
SHARES
402
VIEWS
Share on FacebookShare on Twitter
 काठमाण्डौ – राष्ट्रिय जनमोर्चाले भारतको छत्तीसगढ प्रहरी बिनाअनुमति नेपाल आएको घटनाले नेपालको सुरक्षा प्रणालीको गम्भीर स्थिति उजागर गरेको बताएको छ ।

मंगलबार पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति सार्वजनिक गर्दै बिनासूचना वा कूटनीतिक पहल नगरिकन एउटा स्वतन्त्र र सार्वभौम देशको क्षेत्राधिकारभित्र आएर अर्को देशको प्रहरीले खानतलासी वा कुनै अनुसन्धान गर्नु अन्तर्राष्ट्रिय कानुनी मान्यताविपरीत भएको बताउनु भएको छ । साथै उहाँले यस्तो काम स्वतन्त्र र सार्वभौम देशविरुद्धको कुरा भएको बताउनु भएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘भारतीय प्रहरी कसरी अछाम पुग्न सफल भयो ? यो प्रश्नले नेपालको सुरक्षा प्रणालीको गम्भीर स्थितिलाई बताउँछ । स्वतन्त्र र सार्वभौम मुलुकहरूले आपसमा वा आफ्ना नागरिकहरु बीचको समस्यालाई समाधान गर्नका लागि अपनाउने विधि र उपायहरू अन्तर्र्राष्ट्रिय कानुनहरुले निश्चित गरेका छन् । कुनै खानतलासी वा अनुसन्धानका लागि इन्टरपोलद्वारा आउनुपर्दछ ।’

यो घटनाले भारतीय साम्राज्यवादको नेपालप्रतिको रबैयालाई थप उजागर गरेको जनमोर्चाले जनाएको छ । आफ्नै प्रान्त वा राज्यहरु सरह व्यवहार गरेर खानतलाशील गर्ने भारतीय प्रहरीको व्यवहार निन्दनीय भएको भन्दै जनमोर्चाले भ्रत्र्सना गरेको छ । यस विषयबारे आवश्यक छानबिन र कारबाही गर्नका लागि पनि जनमोर्चाले सरकारसँग माग गरेको छ ।

के हो घटना ?

अनुमतिबिना नै सादा पोसाकका तीन जना भारतीय प्रहरी अछाम आएका छन् । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका एक युवकले भारतबाट केटी भगाएर ल्याएपछि भारतको कोरवा जिल्ला छत्तीसगढबाट तीन जना प्रहरी बिना अनुमति अछाम पुगेका हुन् ।

उनीहरूका साथमा कोरवा प्रहरीको पत्र रहेको जनाइएको छ । सोमबार दिउँसो अछाम पुगेका भारतीय प्रहरीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको तर नियन्त्रणमा भने नलिइएको अछाम प्रहरीले जनाएको  छ । भगाएर ल्याएकी केटी र केटालाई पनि आफूसँगै राखिएको जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख कलेन्द्रविक्रम शाहीले बताउनुभयो । भारतीय प्रहरी जयगढ पुगेपछि गाउँमा नगएको र पहिला प्रहरीको सम्पर्कमा आएको उहाँको भनाइ छ ।

कोरबा छत्तीसगढ शान्तिनगर ७ भारत बस्ने वर्ष ३८ की उर्मिला राठोरको काइँली छोरी कुमारी काजोल राठोरलाई अछामका केशव सोनीले भागाएको भन्ने उजुरी दिएको र त्यसको सहयोग र समन्वयका निम्ति भारतीय प्रहरी अछाम आएको शाहीको भनाइ छ ।

प्रहरी निरीक्षक शाहीले संघीय प्रहरी इकाइ कार्यालय धनगढीलाई पत्र लेख्दै आवश्यक समन्वयको व्यवस्था गरिदिन भन्ने व्यहोरा आएको भन्दै यही कुरा अवगत गराएका छन् । सादा पोसाकमा अछाम आउने भारतीय प्रहरीमा अशोक पाण्डे, हवल्दार खगेश राठोर र जवान लक्ष्मी पटेल रहेका छन् ।

सादा पोसाकका भारतीय प्रहरी अछाम आएको जानकारि पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्व गृहमन्त्री भीम रावलले तत्काल गृह सचिव प्रेम राई र अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठलाई ती प्रहरीलाई तत्काल नियन्त्रणमा लिन आग्रह गर्नुभएको थियो ।

घटनाको जानकारी पाएलगत्तै अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले तीनै जना भारतीय सुरक्षाकर्मीलाई जयगढबाट जिल्ला प्रहरी कार्यालय अछाममा ल्याइएको र प्रहरीसँगै राखिएको जानकारी दिनुभयो । ‘जुन उद्देश्यले भारतीय प्रहरी अछाम पुगेका छन्, त्यसका लागि नेपालको अनुमति लिनुपर्ने हुन्थ्यो’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो ‘उनीहरुको प्रक्रिया पुगेको  छैन ।’

भारतीय प्रहरीले खोजिरहेका बान्नीगढी जयगढ गाउँपालिकाका केटा र उनले ल्याएकी भारतीय केटी पनि अहिले जिल्ला प्रहरी कार्यालयमै रहेको श्रेष्ठले जानकारी दिनुभयो । केटा र केटी आफैँ प्रहरीकहाँ आएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठको भनाइ छ ।

भारतीय  प्रहरी र केटाकेटीलाई सुरक्षित रुपमा प्रहरी कार्यालयमा राखिएको र अगाडिको प्रक्रियाका लागि छलफल भैरहेको अछाम प्रशासनले जनाएको छ । भारतीय प्रहरी र उनीहरुले खोजेको केटा केटीका विषयमा अब के हुन्छ ? भन्ने जिज्ञासामा प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले भन्नुभयो ‘आवश्यक प्रक्रिया बारे परामर्शमा छौँ, भारतीय केटीलाई लिन उनका आफन्त कोही आएमा सबै प्रक्रिया पुगाएर पठाउने हो, प्रहरीसँग पठाउने होइन।’

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal