शंकर थापा अछाम
अन्तरपार्टि महिला सञ्जाल जयगढको नयाँ नेतृत्व चयन गरीएको छ । आज गाउँपालिकाका ६ वडा बाट सहभागी महीलाहरुको सहभागीतामा नयाँ नेतृत्व चयन गरीएको हो ।

अन्तरपार्टि महिला सञ्जालका पुर्व अध्क्षय निर्मला साउँदको अध्यक्षतामा भएको महिला भेलामा गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्काले गाउँमा लुकेर महीलाहरुका समस्या समाधान नहुने बताउनुभएको छ ।
महीलाहरुका हकहितको लागी सबै एक जुठ भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले आगामी दिनहरुमा गाउँपालिकाले महीलाहरुका लागी बिशेष बजेटको व्यावस्थ ागर्ने प्रतिबद्धता जनाउदै समस्याहरु गाउँपालिकामा पेश गर्न अनुरोध गर्नुभएको छ ।
यस्तै कार्यक्रममा बोल्दै गाउँपालीका उपाध्यक्ष लोक बहादुर साउँदले समग्र महिलाहरुको हकहितको लागी आफु र गाउँपालिका सरकार तयार रहेको बताउदै संघ,प्रदेश र स्थानिय सरकार संग पहल गरीरहेको बताउनुभयो । समाजमा महिला हिंसाका घटनाहरु बढीरहेकाले चुप लागेर नबस्न अनुरोध गर्दै उपाध्यक्ष साउँदले केही समस्या परेमा गाउँपालिकाको न्यायीक समीतीमा पेश गर्न अनुरोध गर्नुभयो ।
भेला महीलाहरुको हक अधिकारका बिषयमा स्थानिय सरका लाई जानकारी गराउन,अर्थपुर्ण सहभागीता,लैङ्गीक समान्तामा एकरुपता ल्याउन आयोजना गरीएको बताईएको छ । यसैबिच नयाँ गठन भएको कमिटीको अध्यक्षमा रेबन्ती ठकुल्ला साउँदको नेतृत्वमा १० जनाको कमिटी चयन गरीएको छ ।
जसको उपाध्यक्षमा धनकला स्वार,सचिबमा निर्मला कडायत,कोषाध्यक्षमा तुल्सी खनाल लगायतका सदस्यहरु चयन भएका छन । कार्यक्रमको सञ्चालन रेबन्ती ठकुल्ला साउँदले गर्नुभएको थियो,भन्े कार्यक्रमको सहजीकरण अन्तरपार्टि महिला सञ्जाल अछामका अध्यक्ष बिन्दु रावल र सदस्य अनुराधा स्वार रावलले गर्नुभएको थियो ।