चन्द्र प्रसाद भाटअछाम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य भीम रावलले माथिल्लो अपर कर्णाली आयोजना जिएमआर कम्पनी लाई जिम्मा दिन नहुँने बताउनुभएको छ । यो आयोजना निर्माण गर्न नेपाल सरकार सँग क्षमता भएको बताउँदै यसको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

जेठ २५ गते कैलाली कञ्चनपूरबाट जिल्ला कमिटिलाई पूर्णता दिँदै गृहजिल्ला अछाम आईपुग्नु भएका नेता रावलले एक फरक प्रसँगमा बोल्दै नेपाली काँग्रेसले सरकारले गरेका कामहरु प्रति बिरोध जनाउदै नागरीकमा अफबाह फैलाईरहेको आरोप लगाउनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले दिगो बिकासका लागी सक्रियताका साथ लाग्न आफ्ना नेता तथा कार्यक्रताहरु लाई निर्देशन दिनुभयो । नेता रावलले नेपाली जनताले अमुल्य मतका साथ बिजयी गराएको भन्दै जनताका समस्याहरु आफु र आफ्नो पार्टिका नेता कार्यक्रताहरुले शिरोधार्य गर्ने बताउनु भयो ।
उहाले आफु गृहमन्त्री बनेका बेला मध्यपहाडी लोकमार्गको अवधारणा ल्याएको बताउनुभयो । सुदुरपश्चिममा पहिलो पटक १४ प्रतिशत बजेट आफुले नै ल्याउन सफल भएको बताए । उहाँले मध्यपहाडी लोकमार्गको अवधारणा नबनाउनु पूर्ब नेपाली काँग्रेसका ठेकेदारले अलपत्र छोडेको आरोप लगाउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आयोजनामा अछामको पञ्चदेवल बिनायक नगरपालीकामा भएको जनसभा कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रावलले विगतमा नेपालको संविधान जारी गर्दा भारतले लगाएको नाकाबन्दीलाई नेपाली कांग्रेसले नाकाबन्दी भन्ने समेत आँट नगरेको भन्दै नेपाली कांग्रेस देश र जनताभन्दा सत्तालाई ठुलो ठान्ने गरेको आरोप लगाउनु भयो ।
संविधान निर्माण गरेर नाकाबन्दी जस्तो जघन्य अपराधको कम्युनिष्टले सामना गरेको स्मरण गराउनु भयो । यस नगरको बिकास निर्माणको काम निश्पक्ष र प्रभाबकारी भैरहेको छ भने त्यसमा हातेमालो गर्न निर्देशन दिनुभयो । बिकास को सट्टा भ्रस्टाचार भएको भए खबर गर्न समेत सुझाब दिनुभयो।
जनसभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शरदसिंह भण्डारीले अब नेकपाले गाउँ, नगर, वडा तहमा कमिटि विस्तार गर्दै अघि बढ्ने र जनताको साथमै रहने बताउनु भयो । नेपाली काँग्रेसका झुटा आश्वासनका पछाडी नलाग्न अनुरोध गर्नुभयो ।
कर्यक्रममा बाल्दै प्रतिनिधि सभाका साँसद यज्ञ बः बोगटीले कम्न्यस्ट सरकारले गरेका बिकासका कामहरु काँग्रेसले आफुले गरेको हो भन्नु बालुवामा पानी खन्याईए जस्तै हो भन्नुभयो । नेता बोगटीले कमलबजार बिमानस्थल सञ्चालनका लागी आफ्नो पहलमा आर्थिक बर्ष २०७६÷७७ को बजेटमा समाबेश भएको भन्दै बिमानस्थल निर्माणको काम चाँडै नै सुचारु गर्ने बताए ।
जिल्लाको बिकासमा आफु कटिबद्ध रहेको बताउदै उहाले आफ्नो काम प्रति सहयोग गर्न अपिल गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अछाम जिल्ला कमिटि अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवरले असली अधिनायकवाद नेपाली कांग्रेसले नेतृत्व गरेका स्थानीय तहमा रहेको भन्दै काँग्रेसका अधिनायकबादी कामहरु प्रति आफ्नो घोर आपत्ति रहेको बताउनुभयो ।