चन्द्र भण्डारी रामारोशन अछाम
नेकपाको बिशाल जनसभा कार्यक्रम रामारोशनको मुजाबगरमा सम्पन्न ।। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थाई कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईञ्चार्ज भीमबहादुर रावलले जनताका सुख, सम्मान र समृद्धिका लागि सबै राम्रा कामको सुरुवात कम्यूनिष्ट सरकारले मात्रै गरेको दाबी गर्नुभएको छ ।

नकपा अछामले रामारोशन गाउँपालिकाको मुजाबगरमा गरेको बिशाल जनसभा कार्यक्रमलाई सम्वोधन गर्दै रावलले बृद्धभत्ता, बिधवा भत्ता, दलित बिद्यार्थिलाई छात्रबृति कार्यक्रम, भूमिहिनलाई जग्गाको हक दिने लगायत गाउँको विकासका लागि बजेट पठाएको बताँउनुभयो ।
नेता रावलले बिगतमा काँग्रेसले दुईतिहाई मत पाएर सरकार चलाएका बेला देश विकास गर्नुको साटो सबै उद्योग कलकारखाना बेचेर खाएको आरोप लगाउँनुभयो । आवाज नेता रावलले काँग्रेसकै अराजकता का कारण तत्कालिन अवस्थामा २०५२सालमा तत्कालिन नेकपा माओवादीले हतियार उठाउँनुपरेको पनि बताँउनुभयो ।
काँग्रेसले गरेको बितण्डा र अराजकताकै कारण माओवादीले बन्दुक उठाउँनुपरेको र त्यो बन्दुकत्यत्तिकै नउठेको उहाँको भनाई छ ।. पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता रावलले जनता नै यो देशका मालिक भएको भन्दै जनताका कुरा सुन्ने, पिरमर्का बुझ्ने, देशको स्वाभिमान र ईज्जत प्रतिष्ठाको लागि आफुले निरन्तर लागिरहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य सरदसिंह भण्डारी, जिल्ला तथा राष्टिय सभा सदस्य शेरबहादुर कुवर, प्रदृेश सदस्य कृष्णप्रसाद जैशी, दिपक साउद, गोबिन्द साउद, जिल्ला सचिव झपट साउद, पूर्व प्रदेश सदस्य बमबहादुर बिसी लगायतले बोल्नुभएको थियो । चक्र रावलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रबिन्द्र साउदले गर्नुभएको थिया े ।