पवित्रा खड्का ७ ,असाढ अछाम

अछामको मेल्लेख गाउपालिका वडा नम्वर ३ ठांटी मा स्यालले आक्रमण गर्दा ३ जना घाईते भएका छन । घट्ठ पिस्न र भैंसी दुन गएका व्यक्तिहरु लाई स्यालले आक्रमण गरेको गरेर घाईते बनाएको हो ।
ठाटीको बल्दे ढुङ्गामा स्यालले एक्कासी आक्रमण गरेको हो । स्यालले आक्रमण गर्दा घाईतेको शरिर र खुट्टामा चोट लागेको छ । घाईतेहरु लाई उपचारको लागी अहीले बयालगडा अस्पतालमा भर्ना गरीएको छ ।
घाइते हुनेमा वाड नम्वर ३ का टंक कामी,प्रेम वुढा,जोगेनी वुढा रहेका वडा अध्यक्ष केसर बुढाले जानकारी दिनुभएको छ ।