नेपाल पत्रकार महासँघ अछामका सह सचिव तथा कान्तिपुर दैनीकको अछाम सँवाददाताका रुपमा कार्यरत मेनुका ढुंगानाले इटहरीका मेयर द्धारिकालाल चौधरीले सार्बजनिक कार्यक्रममा महिलाहरुलाई अपशब्द प्रयोग गरेको विषयमा सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्नु भएको थियो ।
पत्रकार महासँघ अछामका उापध्यक्ष गीता कुवँरद्धरा हस्ताक्षरीत बिज्ञप्तीमा सामाजीक संजालमा स्टाटस लेखेसँगै केही ब्यक्तीहरुले जिल्लामा मर्यादित पत्रकारिता गर्दै आउनु भएका पत्रकार ढुंगाना माथी सामाजिक संजाल मार्फत गाली बेइज्जत गरेको घटना प्रती आपत्ती जनाएको छ ।

बिज्ञप्तीमा समाजमा हुने हरेक खाले ज्याजती विरुद्ध आवाज उठाउने ब्यक्ती माथी नै यस्तो खालको गतिविधि हुदा समग्र पत्रकारिता क्षेत्रलाई त्रसित पार्ने काम भएको उल्लेख गरिएको छ ।
कुनै पनि बिषयमा चित नबुझेको खण्डमा कानुनी प्रक्रिया हँुदाहुदै पनि सामाजिक संजाल मार्फत पत्रकारको मनोबल गिराउने र पत्रकारिता क्षेत्रलाई होच्याउने खालको कार्यको घोर भत्सर्ना गर्दै पत्रकार महासँघ अछामले घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई तत्काल कानुन बोमोजिम कार्वाहीको जोडदार माग गरेको छ ।
यसै बिच पत्रकार मेनुका ढुँगानाले सामाजीक सँजालमा गाली बेइज्जत तथा मानहानी गर्ने व्यक्ति बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ५ जना बिरुद्ध गाली वेईज्जती तथा मानहानी सम्बन्धमा कार्वाहिको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको पत्रकार ढुँगानाले बताउनु भएको छ ।
पत्रकार ढुँगानाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेसँगै प्रहरीले अनुसन्धान प्रक्रिया अगाढी बढाएको अछामका प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहिले बताउनुभयो ।