साउन २८,काठमाण्डाै
गएको २४ घण्टामा देशका विभिन्न अस्पतालमा गरी थप सात जना को’रो’ना सङ्क्रमितको मृ’त्यु भएको छ । ललितपुरमा चार जना तथा मोरङ, रुपन्देही र सप्तरीमा एक/एक जनाको काे’राे’ना सङ्क्रमणका कारण मृ’त्यु भएको हो ।
पाटन अस्पतालमा उपचार गराइरहेकी जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षीय पुरुषको मृ’त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख, डाक्टर खगेश्वर गेलालले जानकारी दिनुभयो ।
यस्तै ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत बाराको कलैया घर भएका ७५ वर्षीय पुरुष र टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनुभयो । उनीहरुले त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटर नपाएपछि उपचारका लागि किस्टमा ल्याएपछि उपचारकाे क्रममा मृ’त्यु भएको उहाँले बताउनुभयो ।
यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षीय र कपिलवस्तु कृष्णनगरका २५ वर्षीय दुई पुरुषको उपचारको क्रममा मङ्गलबार राति मृ’त्यु भएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो । ज्यान गु’माएका ४२ वर्षीय पुरुषमा को’रो’ना पुष्टि भएको र २५ वर्षीय युवककाे परीक्षण रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ ।
यस्तै सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बूढीगङ्गा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ छातापुर घर भइ राजविराज नगरपालिका ६ मा बस्दै आएका ८० वर्षीय वृद्धको पनि मृ’त्यु भएको छ । उहाँको मृत्युपछि को’रो’ना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेकाे सङ्ख्या ९० पुगेको छ । ujyaalo bata