शंकर थापा असार ९ आछाम
बान्नीगढी जयगढ गाउँपालीका वडा नम्बर ६ दर्नाका बालबालीकाहरु छाउपडि कुप्रथा अन्त्यका लागि सक्रीय भएका छन । छाउपडि कुप्रथा जस्ता कुसंस्कारका कारण विभिन्न विकासका काममा अवरोध हुने भएपछि बालबालीकाहरु नै यसको नियन्त्रणमा सक्रीय भएका हुन् ।

उनीहरुले बालक्लव मार्फत अभियान नै संचालन गरेर जनचेतनामुलक कार्यक्रमका साथै वडामा रहेका छाउपडि गोठ भत्काउने कामलाई तीव्रता दीएका छन । अभीयान अन्र्तगत उनीहरुले आज वडा नम्बर ६ को पन्साली टोलमा रहेका ५ वटा गोठ भत्काएका छन ।
स्थानीय सृजनसिल बालक्लवको आयोजनामा पन्सालीमा गठीत सुवासील बालक्लव र समता बाल सञ्जाल दर्नाले स्थानीय बुद्धीजीवी र प्रहरीको सहायतामा छाउपडि गोठ भत्काएका हुन् । बालबालीकाहरुलाई विन्ध्याबासीनी माबिका प्रधानाध्यापक निर्प बहादुर रावत र प्रहर टोलीले समेत साथ दीएको थियो ।
यसअघी केही वृद्ध मानीसहरुको अवरोधका कारण भत्काउन नसकीएका गोठहरु आज क्लवहरुको संयुक्त सक्रियतामा भत्काईएको क्लवका अध्यक्ष विन्दु साउँदले बताउनुभयो ।
वडामा सक्रिय भएर समाजका कुरीती कुसंस्कारका बिरुद्ध लागेपनि स्थानिय सरकारलाई आवश्यक माग राख्दा कुनै सुनुवाई नभएको क्लवका पदाधिकारीहरुको गुनासो छ । बाल क्लवका पदाधीकारीहरुले कसैको सहयोग नमिले पनि यस्ता खालका अभियानमा निडर भएर नीरन्तर लाग्ने बताएका छन ।