राजेन्द्र कुवँर अछाम
चौरपाटी गाउँ पालिकाको आर्थिक बर्ष ७६/७७ को नीति तथा कार्यक्रम र बजेट पाचौ गाउँ सभामा प्रस्तुत गरि आजै पारित गरिएको छ । पाचौ सभाको बैठकको कार्यसुचीका बारेमा गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले जानकारी गराए संगै उपाध्यक्ष माया कुवरले नीति तथा कार्यक्रम बजेट सभामा प्रस्तुत गर्नु भएको हो ।

आगामी आर्थिक बर्षका लागि गाउँ पालिकाले लिएको नीति तथा कार्यक्रम उत्पादनको क्षेत्रमा बिशेष जोड दिदै एक उत्पादन एक गाउँ एक वडा एक सहकारीको नितिलाइ अगाडि सरेर युवाहरूलाई स्वरोजगार बनाउने नीति लिएको छ ।
त्यसै गरि जिबनका लागि स्वच्छ पानी भनेर हरेक वडामा एक घर एक धाराको नितिलाइ अभियानको रूपमा अगाडि बढाइ सरसफाइको क्षेत्रमा “सुरक्षित छ शौचालय सफा खाना पानी , सफा घर बाताबरण स्व्च्छ जिन्दगानी ” को नारालाइ अगाडि सारिएको छ ।
शिक्षा स्वास्थ सडक र भौतिक पुर्बाधार निर्माण गर्ने कार्यक्रमले निरंन्तरता पाएको छ त्यसै गरि सबै वडामा बिधुतिकरण गरि दुर दराजका बस्तीमा सौर्य उर्जा जडान गरि हाम्रो घाम उज्यालो बस्तिको नारालाइ अगाडि सारिएको छ ।
नीति तथा कार्यक्रमलाई सफल पार्न ३८ करोड ७५ लाख ५९ हजार बजेट आगामी बर्षका लागि उपाध्यक्ष माया कुवरले प्रस्तुत गर्नु भएको छ । आगामी आर्थिक बर्षका लागि आन्तरिक राजस्व १ करोड ८ लाख ८० हजार अनुमान गरिएको छ ।
त्यसै गरि राजस्व बाडफाड्बाट ९ करोड ४ लाख ८३ हजार संघीय सरकार अन्तर सरकारी बित्तीय हस्तान्तरण बाट ९ करोड प्रदेश सरकार बाट ७० लाख ५५ हजार संघीय सरकार शसर्त अनुदान १४ करोड २१ लाख प्रदेश सरकार शसर्त अनुदान ५ लाख संघीय सरकार समपुरक अनुदान २ करोड संघीय सरकार बिशेश अनुदान १ करोड प्रदेश सरकार
समपुरक अनुदान १ करोड प्रदेश सरकार बिशेश अनुदान ५० लाख बहु क्षेत्रीय पोसण योजना अनुदान १५ लाख ४१ हजार बजेट बिनियोजन गरेको छ । आज गाउँ सभामा प्रस्तुत गरिएको बजेटको चालू तर्फ ७ करोड १० लाख र पुजिगत तर्फ १७ करोड ८ लाख ७७ हजार रहेको छ ।