धनराज साउँद अछाम
बान्नीगढी जयगढ गाउँपालिकाको तेस्रो गाउँ सभाको उद्धघाटन सत्र सम्पन्न भएको छ । आर्थिक बर्ष २०७६,७७ का लागी २६ करोड ७२ लाख २८ हजार वरावरको बार्षिक बजेट तथा निति र कार्यक्रम प्रस्तुत गर्दै गाउँसभाको उद्धघाटन सम्पन्न भएको हो ।

बान्नीगढी जयगढ गाउँपालिकाले आर्थिक बर्ष २०७६,७७ एक घर एक धारा सहित खानेपानी समस्या व्यवस्थापन गर्ने लक्ष्य लिएको छ ।
गाउँ सभामा बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले गाउँपालिकामा रहको खानेपानी समस्या समाधानका लागी एक घर एक धारा निति लिएको उल्लेख गर्नुभयो ।
निति तथा कार्यक्रममा समृद्धिको आधार बान्नीगढी सरकार भन्ने नारालाई आत्मसाथ गर्दै गाउँपालिकालाई सम्मुनत र समृद्ध बनाउन कृषी तथा पशु विकास रणनीति र बहुबर्षिय योजनाहरु तुर्जमा गरि कार्यान्वयनमा ल्याईने उल्लेख गरिएको छ ।
दिगो र व्यवसायिक कृषी बिकासद्धारा कृषी क्षेत्रलाई आत्मनिर्भर उन्मुख बनाउने दिशामा गाउँपालिका अग्रसर हुनेमा जोड दिदै निर्वाहमुखि कृषि प्रणालीलाई नाफामुलक ,दिगो एवम व्यवसायिक गर्ने कार्य सुरु गरिने भएको छ भने गाउँपालिका अध्यक्ष उत्कृष्ठ कृषक पुरस्कार कार्यक्रमलाई निरन्तरता दिईने बताईएको छ ।
रिरिक रुपमा अशक्त भई अर्काको सहारामा जीवन निर्वाह गरिरहेकाहरुलाई राहातका लागी जीवन निर्वाह भक्ताको व्यवस्था गर्ने गाउँपालिकाले निति लिएको छ ।
शिक्षा तिर समग्र शिक्षा प्रणालीको सुधारका लागी स्वेतपत्र प्रकाशन गरी बिद्यालय बैज्ञानिक ढँगबाट व्यवस्पान गर्ने र आवश्यकताका आधारमा बिद्यालयहरुलाई एक आपसमा मर्ज गर्ने र प्राविधिक बिद्यालय सँचालनका लागी आवश्यक बजेटको व्यवस्था गरिने भएको छ ।
सडक तर्फ गाउँपालिकामा निर्माण सम्पन्न भएका सडकहरुको स्तरोन्नती गरी बाह्रै महिना सँचालनमा ल्याउन आवश्यक बजेट बिनियोजन गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसै बिच गाउ सभाका गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले २६ करोड ७२ लाख २८ हजार बरावरको बार्षिक बजेट प्रस्तुत गर्नु भएको छ ।
यस आ.व २०७६,७७ का लागी गाउँपालिकाका वडा नम्वर १,२ र ४ लाई ४५ लाख र वडा नम्बर ३ ,५ र ६ लाई ६० लाख बजेट बिनियोजन गरिएको छ । यसै गरि बिषयगत शाखाहरुका लागी २ करोड ५ लाख बिनियोजन गरिएको छ । भने गाउँपालिका स्तरिय योजनाहरुका लागी १ करोड ९३ लाख बजेट बिनियोजन गरिएको छ ।