दाउँराको चीरपटले हानेर आफ्नै बुबाको हत्या गर्ने चौरपाटी गाउँपालीकाका प्रेम ढोलीलाई १० वर्ष कैदको सजाय सुनाईएको छ । गत जेठ २९ गते घरायसी विवाद हुदाँ चौरपाटी गाउँपालीका वडा नम्बर ५ लुंग्रा नीवासी प्रेमले दाउराको चीरपटले हानेर बुबा मिने ढोलीको हत्या गरेका थिए ।
प्रहरी अनुसन्धानपछि उनी कर्तव्य ज्यान कसुर मुद्धामा दोषी ठहरीएकाले जिल्ला अदालत अछामले दस बर्ष कैद सहित एक लाख जरीवाना तीराउने गरी फैसला सुनाएको हो ।
यही असार १० गते मंगलवारका दीन अदालतले यस्तो फैसला गरेपछि उनलाई जिल्ला कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
यस्तै जवरजस्ती करणी उद्योग कसुर मुद्धामा अर्का एक जनालाई पुर्पक्षका लागि थुनामा राखीएको छ ।
पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ बस्ने दिपेश भुललाई जवरजस्ती करणी उद्योग कसुर मुद्धामा पुर्पक्षमा राख्न जिल्ला अदालतले आदेश दीएको हो । पुर्पक्षका लागी उनलाई जिल्ला कारागार पठाईएको छ ।
निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।
सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७
संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा
Ramaroshan Infotech Investment Pvt. Ltd.
Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com
© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal