शंकर थापा अछाम
आर्थिक अवस्था कमजोर भएका एक विद्यार्थि लाई स्वार कन्ट्रक्सन साफेबगरले १० हजार सहयोग गरेको छ । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्वर ४ पायलको बैद्येनाथ माद्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत बिबेक कुवँर लाई १० हजार सयोग गरीएको हो ।

साँफेबगर नगरपालिका वडा नम्वर ७ रिडीकोट घर भई साँफेबगरमा व्यावसाय सञ्चालन गर्दै आएका स्वार कन्ट्रक्सनका सञ्चालक रबि कुवँरले उक्त रकम सहयोग स्वरुप प्रदान गर्नुभएको हो ।
अछम जिल्लामा बिगत लामो समयदेखी दुर दराजका बस्तीहरुमा उदाहारणीय काम गर्दै आएको ग्रैरसरकारी संस्था वाक नेपाल अछाम संग समन्वय गरेर विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
सेवा नै धर्म हो भन्ने मुल ध्ययका साथ व्यापार व्यावसाय गरेर मात्रै नहुने र आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरु लाई घर खर्च चलाउन र लेख पढ गर्न सजिलो होस भन्ने उदेश्यका साथ सहयोग रकम हस्तान्तरण गरेको सञ्चालक स्वारले बताउनुभएको छ ।
उहाँले आगामी दिनमा पनि यस्ता आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरु लाई सहयोग गर्न ईच्छुक रहेको बताएका छन । साथै उहाँले आर्थिक अवस्था कमजोर भएका कारणले पढ्न नपाएका विद्यार्थिहरु लाई सबैले सहयोग गर्नु पर्ने कुरामा जोड दिएका छन ।