चन्द्र भण्डारी अछाम
अछामको रामारोशन गाउँपालिका वडा नम्वर ३ मा संञ्चालन गरीएको ३ महिने हाते होजीयारी तालीमको आज समापन गरीएको छ । बिशेष गरी महिलाहरु लाई आत्म निर्भर बनाउने उदेश्यले तालीमको आयोजना गरीएको थियो ।

घरेलु तथा साना उद्योग बिकास समिति अछाम र रामारोशन गाउँपालिकाको साझेदारीमा उक्त तालीमको आयोजना गरीएको तालीमको आज एक कार्यक्रमका बिच समापन गरीएको हो ।
काले महिलाहरुले आफै आत्मनिर्भर बनेर आफै व्यावसाय सञ्चालन गरेर आत्मनिर्भर बनाउने उदेश्यका साथ रामारोशन गाउँपालिकाले यस्ता खालका रचनात्मक कार्यक्रमहरु सञ्चालन गरीरहेको छ ।
शान्तडाका वडा अध्यक्ष तारा बहादुर साउँदको अध्यक्षतामा भएको हाते होजीयारी समापन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितीका उप प्रमुख टोप बहादुर रावल रहनुभएको थियो ।
उहाँले तालीम महीलाहरुका लागी निकै उपयुक्त भएको भन्दै तालीममा सिकेका कुराहरु लाई व्यावाहारमा उर्तान समेत आग्रह गर्नुभएको थियो । उहाँले महिलाहरु लाई आत्मनिर्भर बनाउनको लागी आफु र समन्वयको तर्फ बाट सधैभ कटीबद्ध भएर लागी पर्ने बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावल, घरेलु तथा साना उद्योग बिकास समिति अछामका प्रमुख आशा बुढा मगर,
रामारेन गाउँपालिका उपाध्यक्ष सरस्वती रावल,घरेलु महासंघका सचिव नमराज न्यौपाने र पत्रकार शिवराज ढुङ्गगाना लायायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
यसैबिच तालीममा सहभागी महीलाहरुले तालीमले आफुहरुमा थप साहस थपेको भन्दै आत्मनिर्भर बन्न सिकाएको बताएका छन ।
तालीममा सिकेका कुाहरु लाई व्यावाहारमा लागु गरेर उद्यमी बन्नको लागी काम गर्ने प्रतिबद्धता जनाएका छन । उनिहरुले यस्ता किसीमका तालीमहरु बेला बेलामा ल्याईदिन पनि सरोकारवालाहरु संग माग गरेका थिए ।