असार १३,अछाम
फेबगर नगरपालिका वडा नं.१३ बाब्लाका साविकाका नौ वटा वडामा ६० कुन्टिल गहुँ बितरण गरिएको छ । गत बैशाख महिनामा आएको असिना पानीबाट हिउदे खेती नष्ट गरेपछि कृषकलाई केहि राहतको लागि गहुँ वितरण गरिएको नगर प्रमुख कुलबहादुर कुँवरले जानकारी दिनु भयो ।

उहाँले थोरै भएपनी राहत स्वरुप गहुँ बितरण गरिएको बताउनु भयो । साविकको वडा नं.१मा २ कुन्टल, वडा नं.२ मा ८ कुन्टल, वडा नं.३ साढे कुन्टल, वडा नं.४ मा ८ कुन्टल, वडा नं.५ मा ४ कुन्टल, वडा नं.६ ८ कुन्टल, वडा नं.७ मा ५ कुन्टल, वडा नं.८ मा साढे १० कुन्टल र वडा नं.९ मा ४ कुन्टल गहुँको वितरण गरिएको हो ।
वडा अध्यक्ष सागर सिंह बाब्लीको भएको गहँु बितरण कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख कुलबहादुर कुँवर रहनु भएको थियो । गहुँ वितरण कार्यक्रममा विशिष्ट अतिथि नेपाल कम्युनिष्ट पाटी नेकपाका जिल्ला कमिटी सदस्य रमेश कुँवर रहनुभएको थियो ।
गहुँ वितरण कार्यक्रममा पूर्व गाविस अध्यक्ष राईसिंह वटाला, उपाध्यक्ष रुपबहादुर कुँवर, नेकपाका वडा कमिटी अध्यक्ष भरत बाव्ली, नेपाली काँग्रेसका वडा सभापति दान सिंह कुँवर लगायतको सहभागिता रहेको थियो ।
यस्तै नगर प्रमुख कुँवरले साँफेबगर नगरपालिका वडा नं.१३ बाब्लाको राष्ट्रिय माविको प्रयोग शालासँगै भौतिक संरचनाको अनुगमन गर्नुभएको छ ।
नगरपालिकाको ५ लाखको सहयोगमा पूर्ननिर्माण भएको शुभदह पोखरीको अनुगमन गर्नुभएको छ । उता प्रदेश सरकारको सहयोगमा निर्माण भईरहेको बाब्ला देवल, खप्तड बर्मालि सडकको पनि अनुगमन गरिएको छ ।Radio janaprya bata