शंकर थापा अछाम
ऐश्वर्य माद्यामिक विद्यालय दर्नामा आगामि आर्थिक बर्ष बाट ११ कक्षा सम्मको पढाई सञ्चालन गरीने भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्ना स्थीत ऐश्वर्य माबिमा ११ कक्षा सम्मको पढाई सुरु गर्न लागीएको हो । वडामा २ ओटा मावि विद्यालय भएपनि कक्षा १२ सम्मको कक्षा सञ्चालन नहुदा निकै सास्ती भएको थियो । विद्यार्थिहरुले वडा बाट झिमेकी वडाका विद्यालयहरुमा निकै दुख गरी धेरै शुल्क तिर्नु पर्ने बाध्यता अहीले पनि रहेको छ ।
कहिले खोलानालाको डर,जंगली जनावरको डर र लामो यात्राको कारणले गर्दा विद्यार्थिहरु सास्तीमा छन । आप्नै गाउँमा कक्षा ११ को कक्षा सञ्चालन गरीने भएपछि विद्यार्थिहरु हर्सित बनेका छन । विभित समस्या झेलेर टाढाको विद्यालयमा शिक्षा आर्जन गर्न जानु पर्ने बाध्यताको अन्त्य हुने भन्दै हर्सित बनेका हुन ।

विद्यार्थिहरुको समस्या लाई मध्य नजर गरेर यो आर्थिक बर्ष बाट कक्षा ११ को पढाई सञ्चालन गरीने र अर्को बर्षमा १२ को कक्षा पनि सुचारु गरीने विद्यालयका प्रधानाध्यापक कटक बहादुर शाहले बताउनुभएको छ । कम सुल्कमा विद्यार्थिहरु लाई आप्नै वडामा पढाई सञ्चालन गर्न आफु प्रयाशरत रहेको भन्दै चन्दा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
अहिले कक्षा १२ सम्मको कक्षा सञ्चालन गर्नको लागी चन्दा संकलन अभियान पनि तिब्ररुपमा अगाडी बढेको छ । वडा अध्यक्ष कृष्ण बहादुर कडायतको संयोजकत्वमा आर्थिक संकलन अभियान वडामा र विदेश तिर सुरु भईरहेको छ । विद्यालयका सहायक प्रधानाध्यापक भोज बहादुर धामीले विद्यालयको कक्षा बृद्धिको लागी शिक्षक,अबिभावक,अग्रज व्यक्तित्व र विदेशमा रहेका दाजुभाईहरुले सहयोग गरीरहेका बताउनुभयो ।
विद्यार्थिहरुको समस्या लाई मध्य नजर गर्दै चन्दा संकलन गरेर भएपनि विद्यालयमा कक्षा बृद्धि गरी छाड्ने प्रतिबद्धता जनाउनुभयो ।
यसैबिच डा अध्यक्ष कृष्ण बहादुर कडायतले आफुले शिक्षा लाई बिशेष प्राथमिता दिएको बताउनुभयो । उहाँले आफु नेतृत्वको चन्दा संकलन अभियानले सार्थक बनाएर कक्षा १२ सम्मको शिक्षा हाँसील गराउनको लागी लागी परेको बताउनुभयो ।
आफुले अहिले गाउँपालिका र प्रदेश सरकार समक्ष पटक पटक आवाज उठाउदै आएको बताउनुभयो । यो माहान कार्यमा सहयोग गरीदिन पनि सबै अग्रज व्यक्तित्वहरु लाई आग्रह गर्नभएको छ । विद्यालयको कक्षा बृद्धि भए संगै शिक्षाको गुणस्तरमा सुधार हुने धेरैले अपेक्षा समेत गरेका छन । यो माहान अभियानमा सहयोग गरेर विद्यार्थिहरुको उज्वल भबिस्यको लागी सहयोग गरीदिन समेत विद्यालय स्रोतले अपिल गरेको छ ।