असार १४ अछाम
अज्ञात रोकका कारण एक हल गोरु मरेको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ५ कालीकामा अज्ञात रोगका कारण २ गोरु मेरका हुन ।

कालीका गोठेगडाका अर्जुन बहादुर रावलका २ ओटा गोरु बिहान सम्ममा कुनै पनि लक्षण देखा नपरेको र एक्कासी गोरु मरेका बताईएको छ ।
गोरुहरु छट्पाएर एक्कासी मरेका स्थानिय थपेन्द्र परियारले बताउनुभएको छ । खेती लगाउने सिजनमा गोरुमेरेपछि अर्जुन बहादुर रावल चिन्तीत बनेका छन ।
गोरु मर्नु भन्दा पहिले कुनै पनि लक्षेण देखा नपरेकाले गोरुको उपचार पनि गर्न नसीएको रावलले बताएका छन ।