शंकर थापा अछाम
रामारोशन गाउँपालिका वडा नम्वर १ मलातीकोटका वडा अध्यक्ष खडक बहादुर साउँदले वडामा लागु योजनाहरुको करिब ८० प्रतिशत काम सम्पन्न भएको दाबी गर्नुभएको छ । वडामा सञ्चालीत योजनाहरु मध्य ८० प्रतिशत योजनाहरुको काम सम्पन्न भएको र बाँकी योजनाको काम पनि यस आर्थिक बर्ष भित्र सकिनै लागेको बताउनुभयो ।
गाउँपलिकाबाट यस आर्थिक बर्षमा वडा नम्बर वडा नम्वर १ मलातीकोटकाका लागी बिनियोजीत ४१ लख ४४ हजार बजेट मध्य ८० प्रतिशत बजेट सम्पन्न भईसकेका छन भने बाँकीयोजनाको काम पनि तिब्र रुपमा अगाडी बढीरहेको बताउनुभयो ।

वडा अध्यक्ष साउँदले बिशेष गरी पछिल्लो समय नेपाल सरकारले कर्मचारी समायोज र सरुवा भएर अर्को स्थानिय तहमा पठाउने गर्दा बिकास निर्माणका योजनाहरुको कामले गति लिन नसेको बताउनुभयो । गाउँपालिकामा प्रशासकीय र लेखापाल समय–समयमा परिर्बतन हुने भएकाले रकम निकासामा समस्या आउने गरेकाले कामले गति लिन नसकेको स्वीइकार्नु भयो ।
प्रदेश सरकार बाट बिनियोजबति ३ करोड २० लाख बजेटका योजनाहरु पनि कतीपय सम्पन्न भएकार कतीपय योजनाको काम भईरहेको जानकारी दिनुभयो । वडा अध्यक्ष साउँदले वडामा ४१ लख ४४ बजेट बाट पुर्वाधार तर्फ भवन,सडक,खानेपानी,बिजुलीको नहर अन्य सार्बजनिक सम्पति लगायतका काम सम्पन्न गरिएको बताउनुभयो ।
बाँकि योजना तथा बजेट कार्यान्वयन चरणमा रहेका योजनाहरुको काम पनि यो जेष्ट महिना अगावै सम्पन्न भईसक्ने वडा अध्यक्ष साउँदको भनाई छ । उहाँले वडामा भईरहेका कामहरु स्वयम आफै उपस्थीत भएर अनुगमन समेत गर्ने गरेको जानकारी गाराउनुभयो ।
उहाँले वडामा भईरहेका कामहरु प्रर्ति जनताहरु पनि सन्तुष्ट भएको दाबी समेत गर्नुभयो । आगामी बर्षमा आप्नो पहिलो योजनाको रुपमा वडामा बिजुली बक्ती बाल्ने रहेको बताउदै जसरी पनि आउदो बर्षमा अध्यारो मुक्त वडा बनाउनु प्रतिबद्धता जनाउनुभयो ।
अन्य योजनाहरुमा खानेपानि,विद्यालयका भवन,स्वास्थ्य क्षेत्र र सडक लाई बिशेष प्राथमिक्ता दिने बताउनुभयो । उहाँले मलातीकोटका खोला,नालाले खेतबारी र घरहरु अती जोखीममा रहेकाले तटबन्धनको लागी बिशेष योजना रहेको समेत जानकारी गराउनुभएको छ ।यस्तै वडाका योजनाहरुमा बदमासी नभएको भन्दै पुर्ण रुपमा पारदर्शी ढंगवाट सम्पन्न भएको दावी गर्दै उहाले वडाले उपभोक्ता समिति मार्फत नमुनायोग्य काम गरेको उल्लेख गर्नुभएको छ । उहाँले समग्र वडाको बिकासको लागी सधैँ सक्रिय भएर लाग्ने बताउनुभएको छ । यसका लागी सबै स्थानिय जनताहरु लाई सक्रियरुपमा सहयोग गरीदिन अनुरोध गर्नुभयो ।
यसैबिच आज मैले वडाको समग्र बिकास निर्माणको अवस्थाको बारेमा वडा अध्यक्ष साउँद संग कुराकानी गरेको छु सुनौँ उहाँ संग गरीएको यो कुराकानी