राजेन्द्र कुवर अछाम
चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले शैक्षिक गुणस्तर वृद्धि गर्नाका लागि विभिन्न बिधालयमा अनुगमन गर्नु भएको छ । असार १४ गते चौरपाटी गाउँ पालिका वडा नम्बर १ को सिउडी माध्यमिक बिधालयमा कक्षा ८ देखि १० कक्षाका बिद्यार्थी संग अन्तरक्रिया गर्नु भएको थियोे ।

बिद्यार्थीहरुले बिधालयको हाता भित्र देखिएका समस्या समाधानका उपायका बारेमा अन्तरक्रिया गरेको थियोे । बिद्यार्थीले बिधालयमा देखिएका दैनिक समस्या पठनपाठन र अन्य क्रियाकलापका बारेमा अध्यक्ष साउदलाइ जानकारी गराउनु भएको थियोे ।
त्यसै गरि असार १६ गते वडा नम्बर ५ लुग्रामा रहेको दयापिपलतोला माध्यमिक बिधालयमा बिद्यार्थी संग अन्तरक्रिया गर्नु भएको छ । बिद्यार्थी संगको अन्तरक्रियामा बोल्दै गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले शिक्षा क्षेत्रमा चौरपाटी गाउँ पालिका भित्र राज्यको लगानी अनुसार प्रतिफल नदेखिएको बताउनु भयो ।
गत बिगतका बर्ष देखि गाउँ पालिकाको कक्षा १० को परिक्षाको नतिजा संन्तोसजनक नभएकोले शैक्षिक क्षेत्रमा काम गर्ने सबैलाई निरास बनाएको बताउदै अध्यक्ष साउदले आगामी बर्षमा शैक्षिक क्षेत्रको चौतर्फी बिकासका लागि इमानदार भै लाग्न सरोकारवालालाई आग्रह गर्नु भयो ।
बिधालयलाई अनुदान दिदा त्यस बिधालयको कक्षा १० परिक्षाको नतिजाको मुख्य आधार बनाएर मात्रै दिने र संघ र प्रदेशमा सिफारिस गर्दा पनि शैक्षिक गुणस्तरलाई आधार मान्ने बताउनु भयो ।