चौरपाटि गाउँपालिका लाई पुर्ण साक्षर गाउँपालिका घोषणा गरीने भएको छ । जिल्लालाई नै पुर्ण साक्षर जिल्ला घोषणा गर्ने लक्ष्यका साथ क्रियाकलाप अगाढी बढीरहेका बेला चौरपाटि गाउँपालिकाले पुर्ण साक्षर गाउँपालिका घोषणा गर्न अभियानलाई तिब्र रुपमा अगाडी बढाएको छ ।
अभियान लाई तिब्र पारीए संगै गाउँपालिका भित्रका वडा नम्वर ४,५,६ लाई पुर्ण साक्षर घोषणा गरी सकीएका छन भने वडा नम्वर १,२,३ घोषणा गर्न बाँकी रहका छन ।

घोषणा गर्न बाँकी वडाहरु पनि अब छिट्टै नै घोषणा गरीने चौरपाटि गाउँपालिकाले जनाएका छ । समृद्ध नेपाल र सुखी नेपाली भन्ने मुल नाराका साथ चौरपाटी गाउँपालिका उक्त अभियान लाई तब्रताका साथ अगाडी बढाएको छ ।
पुर्ण साक्षर घोषण गर्न अभियान तिव्र पारिएसँगै गाउँपालिकाको शैक्षिक गुणस्तर बृद्धि हुने गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले अपेक्षा गर्नु भएको छ ।
यसैबिच आज हामीले गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद संग कुराकानी गरेका छौाँ ।
सुनौँ यो कुराकानी