शंकर थापा , असार १९ अछाम
बान्नीगढी जयगढ गाउँपालिकाले उत्कृष्ट कृषकहरु लाई २५ लाख रुपयाँ सहयोग गर्नेभएको छ । कृर्षी क्षेत्रमा राम्रो लगानी गरेर आफुहरुले राम्रो आम्दानी गर्दै आएका र थप व्यावसाय संञ्चालन गर्न सहयोग पुगो भन्दै गाउँपालिकाले अध्यक्ष्य उत्कृष्ट पुरस्कार बितरण गर्न लागेको हो ।

गाउँपालिका भित्रका ८ जना कृषकहरुले भारम भरेका र ८ जना मध्य ४ जना कृषक लाई छनोट गरी २५ हजारका दरले जम्मा एक लाख सहयोग गर्न लागीएको हो ।
यसैबिच बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष्य उत्कृष्ट पुरस्कार कार्यक्रमको लागी फारम भरेका किर्षकहरुको तरकारी बारी र फलफुल खेतीको अनुगन गरीरएको छ । बान्नीगढी जयगढ गाउँपालिकाले उत्कृष्ट कृषकहरु लाई छनोट गरी १ लाख रुपयाँ पुरस्कार दीने भएकाले आज फारम भरेका ८ जना कृर्षकहरुको तरकारी बाली रफलफुल खेतीको अनुगमन गरीएको हो ।
आज बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ३ बर्दादेबीको छातासैनमा पुरन ठकुल्लाको आलु,तरकारी खेती,छातासैनकै जमुना साउदको आलुखेती,जोगेनाका लाल बहादुर ठकुल्लाको एलपि तरकारी कृर्षि फमको अनुगमन गरीएको हो ।
यसैबिच बान्नीगढी जयगढ ५ कालीकाका प्रेम बहादुर रावलको नबिनाव्यावसायीक तरकारी खेती र दर्नाक ाझंकरी टमट्टाको बिकास फलफुल तथा नर्सरी बारीको अनुगमन गरीएको हो । अध्यक्ष्य उत्कृष्ट पुरस्कार अनुगमन समीतीका संयोजक तथा कार्यपालिका सदस्य आरती कवर खड्काको नेतृत्वमा गएको अनुगन समितीले सबै कृषकहरुले बारीमा लगाएका तरकारी,फलफुलको अनुगमन गरेका थिए ।
सबै गाउँपालिका भित्रका फारम भरेका किर्षकहरुका तरकारीबारीहरुको अनुगमन पश्चात ८ जना बाट ४ जना लाई छनोट गरी २५ हजारका दरले ४ जना कृषकहरु लाई १ लाख बराबरको पुरस्कार बितरण गरीने अनुगमन समितीले जनाएको छ ।
अनुगमन कार्यक्रममा अनुगमन समीतीका संयोजक तथा कार्यपालिका सदस्य आरती कवर खड्का ,कार्यपालिका सदस्य एसोदा बोहरा,सुमन सुबर्णकार,गाउँपालिकाका कृर्षि साखाका नायब प्राबिधीक सहायक दिपक कसारा लगायतको सहभागीता रहेको थियो । भोली गाउँपालिकाको गाज्रा र बर्दादेबीमा अनुगमन गरीने अनुगमन समीतीले जनाएको छ ।