राजेन्द्र कुवँर अछाम
युवा रास्ट्रका सान,दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ ओल्गापुरी व्यावसायिक बिधालयको सातौ दिक्षन्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले तालिममा सिकेको सिपलाइ जीवन उपयोगी बनाउन तालिमका सहभागी प्रशिक्षर्थिलाइ आग्रह गर्नु भयो ।

चौरपाटी गाउँ पालिकाको चाहाना ,युवालाई स्वरोजगार बनाउने कामना भन्ने नारालाइ सहयोग गर्नु भएकोमा ओल्गापुरि व्यावसायिक बिधालयलाई बिशेश धन्यवाद दिदै अध्यक्ष साउदले रोजगारमुलक र व्यावसायिक तालिम युवाहरु स्वरोजगार भए पछि मात्रै समृध मुलुक #बन्ने भएकोले गाउँ पालिका युवा मैत्री भएको चर्चा गर्नु भयो ।
दिक्षन्त समारोहमा बोल्दै चौरपाटी गाउँ पालिकाका निमित्त प्रशासकीय प्रमुख धनबहादुर थापाले समाज परिवर्तनका बहाक युवा भएकोले स्थानीय स्तरमै स्वरोजगार बन्न तालिमका सहभागीलाई आग्रह गर्नु भयो । ओल्गापुरी व्यावसायिक बिधालयका प्रधानाध्यापक अरुणदेब भट्टराईको अध्यक्षतामा भएको समारोहमा ब्यबस्थापक मदन खड्काले स्वागत र मैयाँ रोकायाले संचालन गर्नु भएको थियो ।
युवाहरूलाई बिधालयमा ३ महिना सम्म सिकाइएको सीप र ज्ञनको बारेमा बिधुतिकरणका मुख्य प्रशिक्षक मन्धिरा भण्डारीले जानकारी गराउनु भएको थियोे । सातौ समुहमा विभिन्न जिल्लाका विभिन्न बिधामा ८२ जना बिद्यार्थी ३ महिना सम्म तालिम लिएका थिए त्यस मध्य ५८ जना अछाम जिल्ला चौरपाटी गाउँ पालिका र साफे बगर नगर पालिकाका युवाहरू सहभागी रहेका थिए ।
नेपाल युथ फाउन्डेसन र ओल्गापुरी व्यावसायिक बिधालयले बिगत २ बर्ष देखि युवाहरूलाई विभिन्न व्यावसायिक तालीम करिब ५ सय५० जनालाइ दिदै आएको ब्यबस्थापक रेश्मी काफ्लेले जानकारी दिनु भयो ।