अछाम
मंगलसेन नगरपालिकाबाट सम्पन्न भएका योजनाहरूको नगरप्रमुख पदमबहादुर बोहरा सहितको टोलीले वडा नम्बर १४ मा अाज अनुगमन गरिएको छ । कालागाउ सञ्चालन गरिएका सडक, कृषि, पशु, भवन लगायतमा अनुगमन गरिएको हो ।
टोलीले कैलाश बहुमुखी क्याम्पसको भवन, अन्नपूर्ण माविको सौचालय, वरपिपल-अारी सडक, कृषि पोलिघर, पोल्ट्री फर्म, स्वास्थ्य चौकीको अनुगमन गरिएको पत्रकार शिवराज ढुंगानाले जानकारी दिनुभयो । यस्तै १७ गते राती बर्षाका कारण क्षति भएको खेत गहरा, धारा, सडक, प्रदेश सरकारबाट सञ्चालन गरिएका योजनाको प्रगतिको समेत जानकारी टोलीले लिएको छ ।

टोलीले बान्नातोलीमा सञ्चालित केही योजनाहरूको समेत अनुगमन गरिएको छ । अनुगमन टोलीमा नगरप्रमुख पदमबहादुर बोहराको नेतृत्वमा वडा अध्यक्ष तेजबहादुर भण्डारी, स्वास्थ्य शाखा प्रमुख चन्द्रप्रसाद ढुंगाना, पशु शाखा प्रमुख झनकराज ढुंगाना, गोरखापत्रका अछाम समाचारदाता शिवराज ढुंगाना, इन्जिनियर रोहित बोगटी, प्रविधि अधिकृत पौरख बोगटी रहनुभएको थियो ।
सोही अनुगमनका क्रममा नगरप्रमुख बोहराले कालागाउँमा सामाजिक सुरक्षा भत्ता समेत अाजबाट वितरण गर्नुभएको छ । सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा प्रमुख बोहराले रकमको सदुपयोग हुनुपर्ने भनाइ राख्नुभयो । अाजबाट कालागाउमा भोलीसम्म सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।