राजेन्द्र कुवर असार २० अछाम
चौरपाटी गाउँ पालिकामा फलफूल तथा डाले घाँस रोपण प्रबिधी दुई दिने तालिम सप्पन्न भएको छ । पर्बतीय जलाधारहरुको जलबायु परिवर्तन समानुकुलन आयोजना कार्यान्वयन एकाइ साफेबगरको आयोजनामा चौरपाटी गाउँ पालिका वडा नम्बर ४ पायल र वडा नम्बर ५ लुग्राका ३० जना किसान तालिममा सहभागी रहेका थिए ।

तालिमको समापनमा बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले कृषिमा आधुनिकीकरण गरेर नगदे वाली गर्न किसानहरुलाइ आग्रह गर्दै तालिममा सिकेको सीप व्यबहार लागू गरि गाउँ बस्ति हराभरा पार्नु पर्ने बताउनु भयो ।
पर्बतीय जलाधारहरुको जलबायु परिवर्तन समानुकुलन आयोजना कार्यान्वयन एकाइ साफेबगरले चौरपाटी गाउँ पालिका वडा नम्बर ४ पायलमा र वडा नम्बर ५ लुग्रामा ठुलो संख्यामा फलफूल र डाले घासको बिरुवा बितरण गरे पछि तालिम आयोजना गरेको थियोे ।
चौरपाटी गाउँ पालिकामा संचालन भएको २ दिनको तालिममा कृषि शाखा संयोजक प्रेमबहादुर महतले फलफूल र डालेघास रोप्ने विधि र संरक्षणका बारेमा सहजीकरण गर्नु भएको थियो ।