राजेन्द्र कुवर असार २० अछाम
स्थानीय स्तरमा रोजगारीको सृजना गर्ने उदेश्यले आयोजना गरेको सिलाइकटाइ तालिमको आज चौरपाटी गाउँ पालिका वडा नम्बर १ को गैरिलेक बजारमा सप्पन्न भएको छ ।

बैशाख १८ गते सुरु भएको सिलाइकटाइ तालीमको असार २० गते समापन भएको तालिममा बान्निगढी जयगढ गाउँ पालिका र चौरपाटी गाउँ पालिका २१ जनाले भाग लिएका थिए ।
तालिमको समापनमा प्रमुख अतिथिको आसनबाट बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले सिकेको सिपलाइ उपयोग गरि व्यबहारमा लागू गर्न तालिमका सहभागीलाई आग्रह गर्नु भयो ।
सेभ द चिल्ड्रेन र वाक नेपाल युवा शसक्तिकरण बुलगारी परियोजना तथा चौरपाटी गाउँपालिकाको साझेदारीमा संचालन गरिएको तालिमका सहभागीलाई सिलाइ मेशिन आइरन कैँची समेत प्रदान गरिएको वाक नेपाल बुलगारी परियोजनाका कार्यक्रम संयोजक चन्द्रबहादुर शाखीले बताउनु भयो ।
तालिमको समापनमा चौरपाटी गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापा वाक नेपालका चन्द्रबहादुर शाखी तालिमका सभागि लगाएतले बोल्नु भएको थियोे ।
चौरपाटी गाउँ पालिका वडा नम्बर १ का वडा अध्यक्ष शालिभान साउदको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन वाक नेपाल बुलगारी परियोजनाका सामाजिक परिचालक क्षेत्र खड्का ले गर्नु भएको थियोे ।