चन्द्र भण्डारी असार २० अछाम
मङलसैन नगरपालिका वडा नम्वर ७ जनालीबण्डालीमा स्वास्थ चौकिमा पुर्ण खोप सुनिश्चितता तथा दिगोपन वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष शिद्दराज ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती संविधान सभा सदस्य भैरे कामी रहनु भएको कार्यक्रममा बिशिस्ट अथिती मङलसैन नगरपालिका प्रमुख पदम बहादुर बोहरा रहनु भएको थियोे ।

प्रमुख अथितीको आसन बाट बोल्दै प्रमुख अतिथि कामीले सबैले बालबालिका लाई अनिवार्य रुपमा खोप लगाउनु पर्ने र खोप नछुटाइ लगायमा कुपोषण र लुलो लङगडो हुन बाट बचिने बताउनु भयको थियो । उहाले खानपिन र सरसफाइमा ध्यान दिनु पर्ने, सबैले आ आफ्नो ठाउबाट लाग्दा जुनसुकै काम पनि गर्न सहज हुने बताउनु भयो ।
कार्यक्रममा बिशिष्ट अथितिको आसन बोल्दै प्रमुख बोहोराले सबै भन्दा पहिला स्वास्थ रहन आवश्यक रहेकाले स्वास्थ रहन खोप लगाउनु पर्ने र खानपिन र सरसफाइ मा विशेष ध्यान दिनु पर्ने बताउदै स्वास्थ रहन काम गर्नु पर्ने बताउनु भयो उहाले सरकारले लगानी गरिएको र हामिले सदुपयोग गर्न मात्र सक्नु पर्छ भन्दै दुगो बिकाशमा ध्यान दिनुपर्ने बताउनु भयो
कार्यक्रम मा ने क पा का जिल्ला कमिटी सदस्य गङा कामी वडासदस्यहरु,मङल्सैन न पा स्वास्थ संयोजक चन्द्र प्र ढुङगाना, ने का का मदन प्र जैशी, रेडियो रामारोशन एफएम का पत्रकार चन्द्र भण्डारी लगायत सम्पुर्ण सरोकारवालाको उपस्थिति रहेकी थियो स्वास्थ्य चौकी को प्रतिबेदन स्वस्थ्य चौकी का निमित्त इन्चार्ज नर ब बिष्टले गर्नु भयको कार्यक्रम को सन्चालन नम बहादुर बिष्टले गर्नु भयको थियो ।