मङ्सिर १८ अछाम- अछाममा गरिएको परिक्षणमा ११ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । जिल्लाको कमलबजार प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा ११ जनामा संक्रमण देखिएको छ ।
प्रयोगशालका सुचना अधिकारी टेक बहादुर बिष्टका अनुसार नयाँ संक्रमण देखिनेमा जिल्लाको मंगलसेन नगरपालिका वडा नं १,९,१३ र ९ का ३६,२८,२३,२३ बर्षका पुरुष रहेका छन् ।
बान्निगढी जयगढ गाउँपालिका वडा नं ५ कालिका ६ दर्नाका ४०,४५,५० र ३४ बर्षका पुरुष रहेका छन् ।यसैगरि साफेबगर नगरपालिका वडा नं २,८,७ का १९,४० बर्षका पुरुष र ४० बर्षिय महिला रहेका छन । यस्तै बान्निगढी जयगढ गाउँपालिका २ जनामा पुनः परिक्षण काेराेना पाेजिटेभ देखिएकाे हाे ।
२४ घण्टामा गरिएको परिक्षणमा ४५ जनाकाे स्वाब परिक्षण गर्दा ११ जनामा काेराेना संक्रमण पुष्टि भएको हाे ।