शंकर थापा असार,२० अछाम
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ५ कालीकामा विद्यार्थि र शिक्षकहरु लाई पुरुष्कृत गरीएको छ । आज एक कार्यक्रमका बिच वडाका ४७ विद्यार्थि र ७ जना उत्कृष्ट शिक्षकहरु लाई पुरस्कार सहीत सम्मान गरीएको हो ।

४७ जना विद्यार्थिहरुमा ३५ जना कलास उत्कृट नतीजा ल्याएर प्रथम भएका, ६ जना विद्यालयमा नियमित हुने र ६ जना सरफाईमा राम्रो हुनुका साथै अनुशासतीत विद्यार्थिहरु लाई सम्मान गरीएको हो ।
वडामा रहेका सबै शिक्षक र विद्यार्थिहरु लाई छनोट गरी शैक्षिक र स्टेशनरी सामाग्री बितरण गरीएको हो । वडा अध्यक्ष लाल कामीको अध्यक्ष्यतामा भएको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष्य कामीले शैक्षिक क्षेत्रको गणस्तर बृद्धीका लागी टेवा पुगोस भन्ने उदेश्का साथ पुरस्कार प्रदान गरीएको बताउनुभएको छ ।
उहाँले पछिल्लो समय खस्कीदै गएको शिक्षाको गुणस्तर बृद्धी गर्नको लागी सबै शिक्षक,अबिभावक र विद्यार्थिहरु एक जुठ भएर लाग्नु पर्ने बताउनुभयो । साथै उहाँले आगामि दिनमा पनि वडा कार्यलयको तर्फ बाट पुरुष्कृत गरीने बताउनुभयो ।
वडा कार्यलयले शिक्षाको गुणस्तर बृद्धी गर्नको लागी बिशेष बजेटको समेत व्यावस्था गरीने जानकारी गराउनुभयो । वडा कार्यलय कालीकाले आज कार्यक्रमका बिच शिक्षक र विद्यार्थिहरु लाई पुरुवष्कृत गरेको हो ।
पुरस्कार वितरण कार्यक्रममा वडाका सबै जनप्रतिनिधी,सम्पुर्ण सरोकारवाला,वडाका सबै विद्यालयका शिक्षक विद्यार्थि र अबिभावकहरुको सहभागीता रहेको यिो ।
यो पनि पढ्नुहोस
रामारोशन गाउँपालिकाको भटाकाटियामा २१ जना बालबालिका लाइ सहयोग
चन्द्र भण्डारी २०,असार
रामारोसन गाउँपालिका वडा नम्वर ६ भटाकाटियामा २१ जना बालबालिकालाइ सहयोग गरीएको छ । वडा बाल संरक्षण समितिको सहयोगमा अनाथ,टुहुरा ,अपांग, एचआईभी सङ्क्रमित २१ जना बालबालिका लाई ४ हजार बराबरको शैक्षिक सामाग्री ,लुगाकपडा र खाद्यान्न सहयोग गरिएको हो ।
बालाबालिका लाई शिक्षा क्षेत्रमामा असहजता नहोस भन्ने उदेश्यले सामाग्री बितरण गरिएको हो । वडा बाल संरक्षण समितिका संयोजक महाबिर साउदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती दलित वडा महिला सदस्य गोरिकला बिक रहनु भएको थियो ।
कार्यक्रममा नेकपाका अमर बहादुर साउद सफल, स्वास्थ चौकी इन्चार्ज दिपक खनाल,पुर्ण चन्द्र माबीका सहशिक्षक प्रताप बुढा ,गतिशील सहकारी सस्था का प्रबन्धक बल बहादुर साउद,महिला प्रतिनिधि मन्दरी साउद लगायत सम्पुर्ण सरोकारवालाको उपस्थिति रहेको कार्यक्रमको सन्चालन शेर बहादुर साउदले गर्नु भयको थियो ।