बान्नीगढी गाउँपालिकामा अध्यक्ष युवा स्वरोजगार कार्यक्रम अन्तर्गत सँचालन गरिएको ब्लक ईट्टा तालीमको समापन गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ तिमिल्सैनको कैलाशखोलामा सँचालन गरिएको तालीमको गाउँपालिका अध्यक्ष अध्यक्ष राजेन्द्र बहादुर खड्काले शुक्रबार समापन गर्नु भएको हो ।
गाउँपालिका अध्यक्ष युवा स्वारोजगार कार्यक्रम सँचालन गरिएको ब्लक ईट्टा तालिममा गाउँपालिकाका ८ जनाले ब्लक ईट्टा निर्माणबारे सिप सिकेका छन ।

शुक्रबार तालीमको समापन गर्दै गाउँपालिका अध्यक्ष खड्काले गाउँपालिकामा रहेका नागरीकहरुलाई स्वरोजगार बनाउन सिपमुलक तालीम सँचालन कार्यलाई निरन्तरता दिने बताउनु भएको छ । नागरीकहरुलाई
आफ्नै गाउँठाउमा सिप सिकाई स्वरोजगार बनाउन सके गाउँपालिकाको बिकासले गति लिने उहाको भनाई छ ।
युवाहरु सिप सिकेर स्वरोजगार बनुन भन्नका लागी तालीम सँचालन गरिएको तालीमका सहभागीको उत्साहले आफुलाई हर्षित बनाएको बताउदै अध्यक्ष खड्काले तालीमबाट सिकेको सिपलाई सहि रुपमा सदुपयोग गर्न समेत आग्रह गर्नुभयो ।
युवाहरुलाई स्वरोजगार बनाउने सवालमा आफु सजग रहेकोमा जोड दिदै उहाले सिकेका सिपलाई सदुपयोग गर्ने सवालमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । युवाहरुले स्वरोजगारीका लागी गाउँपालिकालाई सहयोग मागेको खण्डमा जस्तोसुकै सहयोग गर्न तयार रहको अध्यक्ष खड्काले बताउनुभयो ।
तालीमको समापन कार्यक्रममा जिल्ला समन्वय समिति अछामका सदस्य शिव तिरुवा, वडा अध्यक्ष कर्ण ठकुल्ला, कार्यपालिका सदस्य यशोदा बोहरा,सुरत सुनार लगायतका अथिति रहनु भएको थियो । भने कार्यक्रमको सँचालन कार्यक्रम प्रशिक्षक पदम शाहले गर्नु भएको थियो ।
बान्नीगढी जयगढ गाउँपालिकाको आर्थिक बर्ष २०७५।७६ को अध्यक्ष युवा स्वरोजगार कार्यक्रमका लागी बिनियोजीत बजेट मध्य ७ लाख ९८ हजारको लागतमा तालीमा सँचालन गरिएको हो । Bannigadhitoday.com bata