चन्द्र भण्डारी मुजाबगर अछाम
रामारोशन गाउपालिकाको मुजाबगरमा सेनेटरी प्याड बनाउने सम्बन्धि ३ दिने तालीमको समापन गरिएको छ । गाउपालिका कार्यवाहक अध्यक्ष सरस्वती रावल को अध्यक्षतामा भएको तालिममा ४६ जना महिलाहरुको सहभागिता रहेकोे थियोे ।
कर्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले महीलाहरुका बिभित समस्याहरु समस्याहरु मध्यको एक महीनावारी भएकाले बिभित समस्या बाट बच्नको लागी यो तालीमले टेवा पुग्ने बताउनुभयो ।

उहाँले आर्थिक अभावको कारणले प्याड किन्न नसकेपनि आफै बनाउन सकुन भन्ने उदेश्यले तालीमको आयोजना गरीएको बताउनु भयो उहाँले आगामी दिनहरुमा महीलाहरुका बिभित समस्याहरु लाई मध्यनजर गर्दै तालीमको आयोजना गरीने बताउनुभयो ।
तालिममा सेनेटरि प्याड बनाउने तरिकाको बारेमा सिकाइएको थियो। उपाध्यक्ष रावल ले आफू सुरक्षित र निरोगी हुन प्याडको प्रयोग गर्नुपर्ने र अन्धबिस्वास को अन्त्य गर्न सबै महिला सशक्त रुपमा अगाडी बढ्नुपर्ने बताउनु भयो ।
तालीममा वडा न १ का वडा अध्यक्ष खडक साउद लगायत अन्य सरोकारवाला को उपस्थिति रहेकोे थियोे । सहभागी को तर्फबाट मुगा भणडारि र कोकिला लुहार मन्तव्य राख्नु भएको थियो । ग्रामीण जलस्रोत अधिकृत कृष्णा रावल ले सन्चालन गर्नुभएको कार्यक्रम को सहजीकरण व्यावहार परिवर्तन कि अधिकृत मन्जु भट्टले गर्नुभएको थियो ।